कानुन बुझेर बोल्न श्रृङ्खलाको आग्रह

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

अभिनेता पल शाह प्रकरणमा बिभिन्न कलाकारले आफ्नो भनाई राखिरहेको बेला पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पलको पक्षमा बोलिरहेकाहरुलाई जवाफ दिनुभएको छ । इनस्टाग्राम स्टोरीमार्फत उहाले एक वयस्क व्यक्तिले नाबालिगमाथि यौनसम्बन्ध राख्नु कानुन विपरित रहेको भन्दै अपराधीको पक्षमा नबोल्न आग्रह गर्नुभएको हो ।

‘मलाई अझै विश्वास लागिरहेको छैन कि मानिसहरुले एक नाबालिगको साटो ३० वर्ष नाघिसकेका आरोपितलाई समर्थन गरिरहेका छन् । त्यो सम्बन्धले किशोरीमा कस्तो मानसिक प्रभाव पारेको छ भन्ने तपार्ईंले कल्पना गर्न सक्नुहुन्छ ? हो उनी जताततै अन्तर्वार्तामा देखिएकी छिन् । तर यसको मतलब यी सबै कुरा बुझ्न उनी परिपक्व भएकी छैनन् ।’

यो घटनाबाट नेपालीहरुमा चेतनाको निकै कमी भएको देखिएको उहाले बताउनु भएको छ । नाबालिगसँगको यौन सम्बन्धबारे बनेका कानुनबारे बुझ्न समेत उहाले अनुरोध गर्नुभएको छ । ‘उसले यस्तै चाहन्थिइन भन्नुहुन्छ भने तपाई पीडकलाई साथ दिँदै हुनुहुन्छ । यदि नाबालिगले नै यसो गर्न चाहेकी हुन् भने ‘हुन्न’ भन्ने वयस्कको काम काम हो । किनभने निर्णय लिनेमा उमेरले पीडित सानी छिन् । जबकी शाह उनीभन्दा धेरै नै उमेरका थिए’ श्रृङ्खलाले लेख्नुभएको छ ।

यो घटनाबाट सम्पुर्ण नेपालीहरुले पाठ सिक्न जरुरी रहेको उहाको तर्क छ । उहाँले अघि लेख्नुभएको छ, ‘अहिले पनि धेरै नाबालिगले आफूभन्दा निकै पाको उमेरका जीवनसाथीसँग यौनसम्बन्ध स्थापित गरिरहेका छन् जसले उनीहरुको जीवनमा गहिरो घाउ बनाइदिएको हुन्छ । त्यसैले यस्ता कानुन बनाइएको हो। यस्ता कानुनले नाबालिग ‘किशोर किशोरी’ लाई फाइदा उठाउन खोज्नेहरुबाट बचाउन्छ ।’

अभिनेता पल शाहविरुद्ध एक नाबालिग गायिकाले उजुरी दिएपछि जिल्ला अदालतले ७ दिनको म्याद थपेसँगै पल यतिबेला तँनहु प्रहरी हिसासतमा हुनुहुन्छ ।