जेठ १३ मा ‘कबड्डी’ को चौथो सिरिज

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नयाँ चलचित्र ‘कबड्डी’ को चौथो सिरिजको नयाँ प्रदर्शन मिति तय भएको छ । ‘कबड्डी ४ –द फाइनल म्याच’ जेठ १३ गते रिलिज हुने पक्का भएको हो ।

यसअघि वैशाख २३ गतेका लागि चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, सरकारले वैशाख ३० गते स्थानीय चुनाव घोषणा गरेकाले रिलिज मिति सारिएको निर्देशक रामबावु गुरूङले बताउनुभएको छ ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ । बाँसुरी फिल्मस्को ब्यानरमा बनेको चलचित्रका मणिराम पोखरेल निर्माता हुनुहुन्छ । चलचित्रका अघिल्ला श्रृङ्खलामा जस्तै मुस्ताङ आसपासमा चलचित्रको छायाङ्कन गरिएको हो ।

रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायाङ्कन रहेको छ ।