मदनकृष्णको ५० बर्ष अघि रेकर्ड भएको गीत

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

वरिष्ठ हास्य अभिनेता मदनकृष्ण श्रेष्ठले ५० बर्ष अघि रेकर्ड गरेको गीत सार्वजनिक गर्नुभएको छ । रेकर्ड गरेर थन्किएको गीतलाई नयाँ भिडियो छायांकन गरि आइतबार काठमाडौंमा एक कार्यक्रमका बिच भिडियो सहित सार्वजनिक गरियो । मदनकृष्णको एकल स्वर रहेको गीतमा स्व. नगेन्द्र हाडाको संगीत रहेको छ । उक्त ‘प्रेम अड्डा’ बोलको गीत बि.स. २०२८ सालमा रेकर्ड गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

गीतको भिडियोमा मदनकृष्ण आफैले अभिनय गर्नुभएको छ । उहाँलाई अभिनेत्री पुजा लामाले साथ दिनुभएको छ भने कलाकार शिवहरी पौडेलको पनि अभिनय देख्न सकिन्छ । भिडियो मदनकृष्णकी छोरी सरना श्रेष्ठले निर्देशन गर्नुभएको हो । बिक्रान्त श्रेष्ठले खिच्नुभएको भिडियो नविन निरौलाले सम्पादन गर्नुभएको छ ।

कार्यक्रममा वरिष्ठ हास्य अभिनेता मदनकृष्णले आफू २० बर्षको जवान उमेरमा रेकर्ड गरेको गीतको भिडियो बनाउन पाउँदा खुसी लागेको बताउनुभयो । साथै यो काममा सहयोग गर्ने सम्पुर्ण टिमलाई धन्यवाद दिनुभयो । ‘यो भिडियो बनाउदा धेरैले सहयोग गरिदिनुभएको छ, बिशेष गरी छोरी सरनाले आँट गरेपछि यो भिडियो बनेको हो ।’ उहाँले भन्नुभयो । ‘भिडियो रिलिज कार्यक्रममा यतिधेरैको उपस्थितीले थप खुसी मिलेको छ ।’ उक्त गीतको भिडियो अमेरिकामै छायांकन गरिएको जानकारी गराउनुभयो ।

यस्तै कार्यक्रममा अर्को गीत ‘मन्तर मोहनी’को पनि सार्वजनिक गरियो । सरना श्रेष्ठकै स्वर रहेको गीतमा कालि प्रसाद बास्कोटाको संगीत रहेको छ । भिडियोमा हास्य अभिनेताद्धय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसँगै पुष्प खड्का, सरना श्रेष्ठ र बालकलाकार साम्राज्ञी क्षेत्रीको अभिनय रहेको छ । भिडियोको निर्देशन पनि सरना आफैले गर्नुभएको हो ।