हामी आउँदो बर्षसम्म बिहे गर्छौः सौगात मल्ल

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नायक सौगात मल्ल र पुर्व मिस नेपाल समेत रहेकी नायिका सृष्टि श्रेष्ठले आउँदो बर्ष बिहे गर्ने हुनुभएको छ । आज (मंगलबार) सौगात अभिनित चलचित्र 'मन्त्र'को पत्रकार सम्मेलनमा सौगातले आफ्नो बिहे बारे मिडियालाई जानकारी दिनुभएको हो । सौगातले मिति तय नभएपनि आउँदो बर्षसम्म बिहे हुने सम्भावना रहेको बताउनुभयो ।&nbsp;</p><p style="text-align: justify; ">तपाईहरु आउँदो बर्षसम्म बिहे गर्दैहुनुहुन्छ रे नि सत्य हो ? भन्ने मिडियाको प्रश्नमा सौगात भन्नुहुन्छ, 'हो त्यो कुरा सत्य हो । हामी समय मिलाएर छिट्टै बिहे गर्दैर्छौ ।' यस्तै मिडियाले मिति खुलाइदिनुस न भनेपछि उहाँले अघि भन्नुहुन्छ, 'मिति तय भइसकेको त छैन तर सबैकुरा मिलाएर छिट्टै गर्छौ । अर्को बर्ष आउन लागिसक्यो, अब छिट्टै हुन्छ । दुईबर्ष जस्तो भयो होला बिहे गर्ने भनेको तर केके कुराले मिलिरहेको थिएन ।'</p><p style="text-align: justify; ">केहिदिन अघिमात्रै नायिका सृष्टिले पनि आफूहरु आउँदो बर्ष बिहे गर्ने तयारीमार रहेको बताउनुभएको थियो । सौगात र सृष्टिले दुबैपक्षको आफ्नो परिवारका सदस्यलाई भेटाइसकेको बताइएको छ ।&nbsp;</p>