बैशाख १६ मा प्रदर्शन हुँदै सौगात र दियाको ‘मन्त्र’

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

आउँदो बर्षको बैशाख १६ गतेबाट चलचित्र मन्त्र प्रदर्शन हुने भएको छ । आज (मंगलबार) काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो । यो चलचित्र यसअघि माघ २८ मा प्रदर्शन गरिने भनिएको थियो तर कोरोना कहरले गर्दा प्रदर्शन हुन सकेको थिएन ।

खिल बहादुर तामाङले निर्देशन गरेको यो चलचित्रमा अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनको मुख्य भूमिका रहेको छ ।  बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रको कार्यकारी निर्मातामा देबेन्द्र मानन्धर र निर्मातामा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठ हुनुहुन्छ । हिमाली प्रेमकथा भनिएको फिल्ममा साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत छ ।