पल शाहलाई सरकारी वकिल कार्यालय कावासोती ल्याइयो

गोपिकृष्ण चापागाईं/ फागुन, कावासोती ।

नाबालिग करणीको आरोप लागेका अभिनेता पुर्ण बिक्रम शाह उर्फ पल शाहलाई मंगलबार इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएसँगै अहिले जिल्लाको सरकारी वकिल कार्यालयमा ल्याएको छ । पल शाहको बयानका लागी दिउँसो १२ बजे अघिनै प्रहरीले सरकारी वकिल कार्यालय कावासोती लगेको हो । यो रिपोर्ट तयार पार्दा सम्म पलको बयान चलिरहेको छ । बयान सकेसँगै पललाई ईलाका प्रहरी कार्यालय गैंडाकोटमै लगिनेछ ।

तनहुँ प्रहरीमा बलात्कारको जाहेरी दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले करणी गरेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि जाहेरी दर्ता गरेकी थिइन् । उक्त मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

बलात्कार मुद्दामा तनहुँ प्रहरीले पनि दोस्रो पटक १२ दिनको म्याद लिएर शाहमाथि अनुसन्धान गरिरहेको छ । १६ फागुनमा ती किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी दिएपछि भरतपुर अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

गैंडाकोटमा गीत छायांकनको क्रममा गत वर्ष ७ चैतमा एक रिसोर्टमा राखेर आफूलाई करणी गरेको किशोरीले किटानी जाहेरी दिएकी छिन् ।

कतिदिन देखी हिरासतमा छन् पल शाह ?

एक नाबालिग गायिकाले यहि फागुनको ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आफूमाथि करणी भएको भन्दै उजुरी दिएकी थिइन् । पल शाह केहि दिन फरार भएसँगै फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसर्मपण गरेका थिए । प्रहरीलाई अनुसन्धानका लागी जिल्ला अदालतले सुरुमा ७ दिनको म्यादमा दिएको थियो । त्यसपछि अदालतले दोस्रो पटक फागुन २२ गते १२ दिनका लागी म्याद थप गरेको छ ।

ति किशोरीले पल शाहमाथि फागुन १६ गते ईलाका प्रहरी कार्यालय गैंडाकोटमा करणीको अर्को उजुरी हालिन् । त्यसपछि बलात्कार मुद्दामा अनुसन्धान गर्न आरोपित शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्रहरीले गत आइतबार तनहुँ प्रहरीलाई पत्राचार गरेको थियो । सोहि अनुरुप गएको मंगलबार पल शाहलाई प्रहरीले ईलाका प्रहरी कार्यालय गैंडाकोटमा लगेको थियो ।

Video report: