आगामी शनिबार सम्पन्न हुँदैछ ‘७ औं राष्ट्रिय लोक दोहोरी अवार्ड’

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

लोक तथा दोहोरी गीतका कलाकारहरुको संगठन राष्ट्रय लोक तथा दोहोरी गीत प्रतिष्ठानकै आयोजनामा हुँदै आएको राष्ट्रिय लोक दोहोरी अवार्डको सातौं संस्करण आउँदो शनिबार (फागुन २८) गते सम्पन्न हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रष्ठिान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा हुने ‘७ औं राष्ट्रिय लोक दोहोरी अवार्ड’को सम्पुर्ण तयारी पुरा भएको बताइएको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रष्ठिान नेपाल, उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्सालका अनुसार कोभिडका कारण केहिबर्ष रोकिएको अवार्ड यसबर्ष भब्यताका साथ सम्पन्न हुने छ । प्रतिष्ठानले नै आयोजना गर्ने भएकाले यस अवार्डलाई नेपाली लोक गीत, संगीत तथा लोक दोहोरी क्षेत्रको सबै भन्दा ठूलो र महत्वपूर्ण अवार्ड मानिन्छ ।

अवार्ड समारोहमा उपराष्ट्रपति प्रमुख अतिथिको रुपमा रहेने जानकारी प्राप्त छ । एउटा ऐतिहासिक गरिमा बोकेको संस्थाले कलाकर्मीहरुको क्षमता अभिबृद्धिका लागि यसरी विभिन्न कार्यक्रम र श्रष्टा, सर्जकहरुलाई सम्मान गर्दै आईरहेको छ । यस वर्षको अवार्ड कार्यक्रम–२०७८ मा लाईफ टाईम एचिभमेण्ट सम्मान–वरिष्ठ लोक गायकः बम बहादुर कार्की, त्यसै गरि संस्थागत सम्मान संस्थामा ठूलो योगदान पु¥याउनु भएका समन्वय समितिका जन्मदाता दुर्गा रायमाझी, दशकका श्रष्टा सम्मान लोकप्रिय गायक राम्जी खाँड, सदाबार लोक गीत कलकत्ते काईयों (स्वा.जयनन्द लामा), लोक पत्रकारिता सम्मान नरेश फुयाल (बाह्रखरी मिडिया) लाई प्रदान गर्ने संस्थले निर्णय गरेको कुरा कार्यक्रम प्रचार प्रसार संयोजक प्रसाद लामिछानेले बताउनु भएको छ ।