अब ‘डान्सिङ विथ द स्टार नेपाल’ को ठाउँमा ‘डान्सिङ स्टार्स नेपाल’

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

फ्रेन्चाइज लिएर गतबर्ष नेपालमा सम्पन्न भएको ‘डान्सिङ विथ द स्टार नेपाल’को दोस्रो सिजन यसपटक भने नआउने भएको छ । सन् २००५ बाट अमेरिकाबाट सुरु भएको यो डान्सिङ रियालिटी शो नेपालका लागी निर्देश लक्ष्मण पौडेलको टिमले सुरु गर्नुभएको थियो । बिशेषगरी यो रियालिटी शोमा ल्याटिन फर्ममा डान्स गर्नुपर्ने नियम छ तर नेपालका लागी त्यो सम्भव नभएकाले पनि उक्त फ्रेन्चाइज छाड्नु परेको निर्देशक पौडेलले बताउनुभएको छ । यसअघि पहिलो सिजनका लागी भारतबाट अनुमति लिँदा ल्याटिन फर्ममा बस्नु नपरेको तर अहिले प्रधान कार्यालयबाट ल्याटिन फर्म नै हुनुपर्ने भनेपछि फ्रेन्चाइज छाड्नुपरेको पौडेलले बताउनुभयो ।

उहाले नेपालमा ल्याटिन फर्ममा डान्स सिकाउने मान्छे नभएकाले र बिभिन्न नियममा बाधिनुपर्ने भएकाले पनि यसपटकबाट आफ्नै मौलिक पनमा ‘डान्सिङ स्टार्स नेपाल’ नाममा रियालिटी शो सन्चालन गरिने बताउनुभयो । पौडेलका अनुसार ‘डान्सिङ स्टार्स नेपाल’मा पनि ‘डान्सिङ विथ द स्टार नेपाल’कै फर्मेट हुनेछ । तर सेटमा भने केहि परिवर्तन गरिनेछ । पौडेलका अनुसार आउँदो दुईसाता भित्र हिमालय टेलिभिजनबाट ‘डान्सिङ स्टार्स नेपाल’ हेर्न पाइनेछ ।

नेपालमा गायन रियालिटी शोले दर्शकको मन जितिरहेको अवस्थामा डान्सिङ रियालिटी शो ल्याएर सफल बनाउनु आफैमा चुनौती थियो । नेपालमा आएका गायन रियालिटी शोका सबै फ्रेन्चाइज दर्शकका मनमा बसिसकेको थियो । डान्सिङ रियालिटी शो लाई पनि दर्शकले मन पराउने बनाउन सकिन्छ भन्ने आँटका साथी निर्देशक लक्ष्मण पौडेलले कदम अगाडी बढाउनुभयो । सामाजिक सञ्जालमा देखिने चर्चा र ‘माउथ’ प्रतिक्रिया हेर्ने हो भने ‘डान्सिङ विथ द स्टार नेपाल’को पहिलो सिजन सफल मानिन्छ ।

अन्तर्राष्ट्रियस्तरकै ठुलो गायन रियालिटी शो ‘आइडल’लाई नेपाल भित्राउने काम पनि निर्देशक पौडेलले नै गर्नुभएको थियो । नेपालमा पनि विश्वब्यापी चलिरहेका रियालिटी शो भित्राउनुपर्छ र यसको बजार राम्रो हुनसक्छ भन्ने सोचेर एपिवान टेलिभिजनकी निर्देशक लक्ष्मी पौडेल र लक्ष्मण मुम्बई जानुभएको थियो । त्यहाँ पुगेर आइडलको सेट हेर्दा सुरुमा निकै डर लागेको अनुभव लक्ष्मणले सुनाउनुभयो । डर लागेपनि आँट गरेर नेपाल आएर सेट बनाउन सुरु गरेको र गर्दै जादा सफल भएको उहाले बताउनुभएको छ । निर्देशक लक्ष्मण पौडेलले पछिल्लो पाँचबर्षको अवधिमा, नेपाल आइडलको पहिलो सिजन, द भ्वाइसको तीनवटै सिजन, द भ्वाइस किड्सको पहिलो सिजन र डान्सिङ विथ द स्टारको पहिलो सिजन निर्देशन गरिसक्नुभएको छ । अब ‘डान्सिङ स्टार्स नेपाल’को सकिए लगत्तै अन्य दुई रियालिटी शोको फ्रेन्चाइज नेपाल भित्राउने तयारीमा रहेको निर्देशक लक्ष्मणले बताउनुभएको छ ।

‘डान्सिङ स्टार्स नेपाल’सँगै समग्र रियालिटी शोको अनुभवका बिषयमा निर्देशक लक्ष्मण पौडेलसँग गोपिकृष्ण चापागाईंले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः

‘डान्सिङ विथ द स्टार’को फ्रेन्चाइज छाडेर आफ्नै ‘डान्सिङ स्टार्स नेपाल’ किन?

फ्रेन्चाइज भन्ने बित्तिकै त्यसका नियम हुन्छन् । उनीहरुको नियममा बाधिएर काम गर्नुपर्छ । अन्य रियालिटी शोको हकमा त्यो राम्रै थियो तर ‘डान्सिङ विथ द स्टार’मा बिशेष गरी ल्याटिन फर्ममा गरिने डान्स हुन्छ । हामीले पहिलो सिजनमा भारतसँग फ्रेन्चाइज लिएका थियौं र त्यो समयमा पनि केहि परिवर्तन गरेका थियौं तर अहिले हेड अफिसमै कुरागर्नुपर्ने भएको र उनीहरुले ल्याटिन फर्म नै हुनुपर्ने भनेकाले छाड्नु परेको हो । नेपालमा ल्याटिन फर्ममा डान्स सिकाउने मान्छे खासै हुनुहुन्न । त्यो गाह्रो देखिने भएकाले पनि आफ्नै मौलिक ‘डान्सिङ स्टार्स नेपाल’ नाम दिएर सुरु गर्न लागेका हौं । कार्यक्रमको फर्मेट एउटै हुनेछ । मात्र स्टेज केहि परिवर्तन हुनेछ । र अर्को कुरा यसपटक पनि प्रतियोगी १२ जोडी नै हुनेछन् र १४ सातामा २८ भाग नै प्रसारण हुनेछ ।

यसपटक डान्स गर्ने कलाकार कोको हुनेछन् ? केहि दोहोरीन्छन् कि ?

कलाकारहरु दोहोरीनु हुन्न । सबै नयाँ हुनुहुन्छ तर कोरियोग्राफर भने अधिकांश दोहोरिनुहुनेछ । किनभने कोरियोग्राफरलाई सबै फर्मेट थाहा भइसकेको हुन्छ । त्यसले गर्दा सजिलो हुन्छ । नयाँ कोरियोग्राफर ल्याइयो भने सुरुदेखी सिकाउदा गाह्रो हुन्छ ।

यसपटक गायक धिरज राई, गायिका प्रिती आले, मिस्टर नेपाल डा. सन्तोष उपाध्याय त्यसैगरी टुईन्स ब्वाय अमर, अमृत, सोनिका रोकाया, वन लेग डान्सर निलम ढुंगाना लगायतका कलाकारलाई देख्न सकिन्छ ।

यो रियालिटी शोमा पहिल्यै हिट भएका कलाकारलाई ल्याएर नचाइन्छ । रियालिटी शोको प्रचारमा ति कलाकारका कारण सजिलो हुने हो ?

पहिल्यै फेस चिनिएका आर्टिष्ट त आउनुहुन्छ तर अन्य बिभिन्न बिधामा चिनिनुभएकाहरु आउने हो । डान्स बिधामा नचिनिएको पनि हुन सक्छ । मानौं, कुनै चिनिएको डाक्टरलाई ल्याइयो भने उसको आफ्नो बिधामा हिट भएको हुन्छ । रियालिटी शोमा ल्याएर नचाउनु झन् गाह्रो हुन्छ । च्यालेन्ज पनि छ ।

मेकिङको हिसाबमा गायन र डान्सिङ रियालिटी शोमा कुन गाह्रो हुदोरहेछ ?

टेक्निकल हिसाबले हेर्ने हो भने त डान्सिङ रियालिटी शो नै मेकिङमा गाह्रो हुन्छ । किनकी डान्सका स्टेपहरुलाई निकै ध्यान दिनुपर्छ । ननाचेका आर्टिष्टलाई नाच्ने बनाउनु आफैमा च्यालेन्जिङ छ । अझ राम्रो पनि देखाउनु छ । त्यसैले गाह्रो कुरा हो । गायनमा चाँही एउटा कुरा सजिलो के छ भन्ने पहिल्यै चलेको गीत अन्यले गाउँदा मान्छेले यतिकै पनि हेरिदिन सक्छ ।

अन्य बिधामा हिट भएका कलाकारलाई डान्स गराउन गाह्रो त छ तर शोको बिचमै सक्दिन भनेर छाडेर हिड्ने अवस्था कत्तिको आउँछ ?

हामीले डान्सिङ युथ द स्टारको पहिलो सिजनमा धेरै अनुभव बटुल्न पाएका छौं  । बिशेष गरी नन्डान्सरलाई ल्याएर डान्स गराउदा ठुलो च्यालेन्ज छ । बिचमा नाच्नै सक्दिन भन्ने समस्या आउने होकि भन्ने सोचका थियौं । तर पहिलो सिजनमा बिचमै छाडेर हिड्दिने त्यस्तो कोहि आर्टिष्ट हुनुभएन । फुटबलको क्षेत्रमा नाम कमाउनुभएका हरि दाईको पनि नाच्दा ढाड सड्केर दुईदिन सम्म सुत्नुभएको थियो । तर पनि उहाले निरन्तर साथ दिनुभयो ।

बाहिरबाट हेर्दा शो निकै खर्चिलो देखिन्छ, कत्तिको खर्चिलो र नाफामा जान्छ ?

फ्रेन्चाइजको लागी पनि पैसा तिर्नुपर्ने हुन्छ । शोमा प्रयोग भएका सबैकुरामा खर्च हुन्छ । डान्सिङ युथ द स्टारमा आउनुभएका सबै कलाकारलाई पैसा तिरेरै ल्याउनुपर्छ । कोरियोग्राफर, होस्ट देखी सेटको टिम सबैलाई ‘पे’ गर्नुपर्छ । प्रतियोगीहरु आफैमा स्टारहरु हुनुहुन्छ । समयका आधारमा पनि स्टारहरुलाई महंगो नै ‘पे’ गर्नुपर्छ ।

फेरी यस्तो शोमा आएका स्पोन्सर (बिज्ञापन)हरुसँग एक किसिमको डिल भइसकेको हुन्छ, पछि शो जतिनै हिट भएपनि बिज्ञापनबाट आउने रकम फिक्स हुन्छ र आइसकेको हुन्छ । शो हिट भएपछि अर्को फाइदा भनेको स्पोन्सरहरु थपिन सक्छन् ।

फ्रेन्चाइज ल्याउँदा बाहिरको टिमसँग यहाँको स्टेज सेटहरुको बिषयमा कसरी कुरा हुन्छ ? कुनै प्रतिनिधि नै आएर हेर्ने हो ?

कुनै फ्रेन्चाइजको कन्सल्टेन्ट आउनुपनि हुन्छ । तर मेरो हकमा मैले यो भन्दा अन्य रियालिटी शोहरुमा काम गरिसकेको भएर विश्वासका आधारमा कुरा हुन्छ  । स्टेज बनाउदै जाँदा बिचबिचमा भिडियोकलमा कुरा हुन्छ, फोटोहरु पठाउँछौं ।  केहि अपुग भएका वा बढी भएका कुराहरु उहाँहरुले सल्लाह दिनुहुन्छ ।

यस्तै उहाँहरुसँग सल्लाह लिने क्रममा सुरुमा ‘डान्सिङ युथ द स्टार’ को फर्मेटको क्रममा धेरै परिवर्तन गर्ने कुरामा सातामा दुईदिन प्रसारण हुदा पहिलो दिन १२ र दोस्रो दिन पनि १२ जना आर्टिष्टलाई नै नचाउनुपर्छ होला भन्ने सोचेको थिएँ । तर उहाँहरुको सल्लामा पहिलो दिनमा ६ जना र दोस्रो दिनमा ६ गरेर सातामा १२ जनालाई मात्र नचाउने फर्मेटमा लगियो । किनकी आर्टिष्ट आफैमा ननडान्सर हुन्, त्यसैले नचाउन गाह्रो हुन्छ । सातामै दुईपटक नचाउन गाह्रो हुन्छ भन्ने कुरा आयो ।

तपाईले गरेका रियालिटी शो सबै हिट छन्, के छ त्यस्तो शुत्र जुन तपाईले गरेका शो अहिलेसम्म असफल भएका छैनन ।

मैले साहित्य पढेको हुँ । सेक्सपियरले प्रयोग गरेका शब्दलाई याद गर्छु । कुनैपनि शो हेरिसकेपछि त्यसभित्र आफूलाई देख्नुपर्छ रे । चाहे फिल्म, नाटक वा रियालिटी शो त्यसभित्र आफूपात्र लाई पाइयो भने शो कस्तो भएको रहेछ भनेर आफैले मुल्यांकन गर्न सकिन्छ ।

मैले जुन रियालिटी शोमा हात हालेपनि एक थेउरीमा बसेर काम गर्छु । शोमा आउने पात्रहरुको आआफ्नो कथा छ । उनीहरुको फरक फरक जीवनको फरक फरक कथा छ, त्यो कथालाई देखाएर पनि शोलाई राम्रो बनाउन सकिन्छ । हुन त पछिल्लो समय अन्य शोहरुले पनि यो थेउरी प्रयोग गरेको देख्छु । म चाँही आफ्नो यहि थेउरीमा हिड्ने गर्छु । उदाहरणका लागी सबैले चिया त पकाउँछन् तर टेस्ट फरक फरक हुन्छ ।

अर्को कुरा सुरमा शो मैले बनाउदा मलाई मन पर्ने बताउछु । कतिपय कुरामा एक निर्देशकलाई मन परेपछि अरुलाई पनि मनपर्छ र तर कतिपय कुरामा निर्देशकलाई मन पर्दैगर्दा अडियन्सलाई मन नपरेको पनि हुनसक्छ । मेरो हकमा आजसम्म मलाई मन परेको कुरा अडियन्सले मन पराइदिनुभएको छ । (यस अन्तर्वार्ता आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ)