यस्तो रह्यो सेलिब्रेटीको रगिंन होली

आर्टिष्ट खबर, चैत, काठमाडौं ।

रङहरुको पर्व होली बिहीबार काठमाडौं उपत्यका सहित पहाडी क्षेत्रमा मनाइएको छ । बिभिन्न ठाउँमा होली बिशेष कार्यक्रम आयोजना भए । यस्तै नेपाली सेलिब्रेटीहरुले पनि निकटका साथीभाई तथा परिवारसँग बसेर होली मनाएका छन् । अहिले सामाजिक सञ्जालमा सेलिब्रेटीले मनाएको होलीका तस्बिर पनि छाइरहेका छन् ।

कार्यक्रमको कुरा गर्नेहो भने चलचित्र ‘मन्त्र’को टिमले बिहान ९ बजे भक्तपुरमा होली मनाएको थियो । चलचित्रका मुख्य कलाकार सौगात मल्ल र बुद्धि तामाङ सहितको टिमले होली मनाएको निर्माण टिमले जानकारी दियो । यस्तै म्युजीक भिडियो टिम नायिका एलिजा गौतम र नायक पुष्प खड्काले दिउँसो अनामनगरको एक रेष्टुरेन्टमा एकअर्कालाई रङ लगाइदिएर होली मनाए । यस्तै दिउँसोको समयमै भृकुटिमण्डपमा समिर घिमिङ (भिटेन), मिस्टर डी, सरकार र माईलासँगै  काठमाडमौं मेयरका उम्मेद्धार दिने भनेर पछिल्लो समय चर्चामा रहनु भएका बालेन शाह लगायतका कलाकारहरुको कन्सर्ट सम्पन्न भयो ।

यस्तै सामाजिक सञ्जाल नियाल्ने हो भने कलाकारहरु मदनकृष्ण श्रेष्ठ, निखिल उप्रेती, सञ्चिता लुइँटेल, दीपकराज गिरी, रेखा थापा,  दीपिका प्रसाईं, आँचल शर्मा, लगायतले होली मनाउनुभएको द्धछ । कलाकार दिपकराज गिरीले चन्द्रागिरीस्थित घरमै परिवारसँग मनाउनुभयो भने दीपाश्री निरौलाले पनि परिवारसँगै सेलिब्रेट गर्नुभयो ।

अभिनेत्री आँचलले पति उदिपसँग रङ दलेर होली मनाएको तस्बिर राख्नुभएको छ । नायिका रेखा थापाले दिदी र भाइहरुसँग होली मनाएको तस्वीर सेयर गर्नुभएको छ । यस्तै रेखाले नायक निखिल उप्रेती र निखिल पत्नी सन्चिता लुईटेलसँग पनि रङ लगाएर होली मनाउनुभयो । निर्देशक दिवाकर भट्टराईले पत्नी तथा अभिनेत्री दीपिकासँग होली मनाउनुभएको छ । विगतमा करिश्मा मानन्धर, छवि ओझासहितका कलाकार र निर्माताले होली कार्यक्रम आयोजना गर्ने गरिएपनि यसपटक भने कार्यक्रमको आयोजना गरिएन ।

आज शुक्रबार तराई भेगमा बिभिन्न कार्यक्रमको आयोजना गर्दै होली पर्व मनाइदैछ ।

बिद्यार्थीसँगै सौगात र बुद्धिको होली

आगामी वैशाख १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मन्त्र’ टिमले अक्षेरीका स्कुलमा होली मनाएको छ । स्कुल र कागेश्वरी ओपन स्काउटको आयोजनामा कलाकार सौगात मल्ल र बुद्धि तामाङद्वारा विद्यार्थीलाई टीका तथा रङ दलेर उत्सव मनाइएको थियो ।

चलचित्रको प्रचार कार्यक्रमअन्तर्गत कलाकारले विद्यार्थीसँग होली पर्व मनाउनु भएको हो । सुरेश कार्की, रविराज कार्की, शुभ श्रेष्ठ र देवेन्द्र मानन्धरको संयुक्त लगानी रहेको फिल्म अर्गानिक र मनोरञ्जनक बनेको सौगात र बुद्धिले विद्यार्थीलाई बताउनुभयो । हिमाली क्षेत्रको प्रेमकथामा आधारित खिलबहादुर गुरुङ निर्देशित चलचित्रको छायांकन मनास्लु क्षेत्रको चुमनुव्री गाउँपालिकामा गरिएको हो ।

चलचित्रमा दीया पुन, नमिता घिसिङ, वीरबहादुर लामा, पासङ टी शेर्पाको पनि मुख्य भूमिका छ । साम्तेन भुटिया, सुनिल निउरे र परिच्छेद सेनले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र गुरुङको सम्पादन र सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ ।

भृकुटिमण्डपमा भिटेनको अपशब्द

ए.एम.ए ईभेन्टस्ले काठमाडौंको भृकुटिमण्डपमा ‘होलील्याण्ड’को नाममा होली बिशेष कार्यक्रमको आयोजना गरेको थियो । जुन कार्यक्रममा पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय ¥यापर समिर घिमिङ (भिटेन), मिस्टर डी, सरकार र माईलासँगै काठमाडौंको मेयरको उम्मेद्धार दिने घोषणा गर्नुभएका ¥यापर बालेन शाह लगायतका कलाकारहरुको प्रस्तुती थियो ।

चर्चित ¥यापर भिटेनले आफ्नो प्रस्तुतीको समयमा केहिबेर अपशब्द पनि बोल्नुभयो । त्यो त भिटेनले प्राय कार्यक्रममा अपशब्द बोलेको देखिन्छ । आफ्नो प्रस्तुती दिने समयमा केहिबेरमा स्पिकरले काम नगरेपछि मलाई यस्तो मन पर्दैन भन्दै अपशब्द बोल्नुभएको थियो । कार्यक्रम बिहान १० बजेदेखी साँझ ५ बजेसम्म चलेको थियो । कार्यक्रम ब्यवस्थापक बिजय ढुंगानाका अनुसार पाँचसय टिकटको ब्यवस्था गरिएको र दर्शकका उल्लेख्य उपस्थिती रहेको थियो ।

बिराटनगरबासीसँग भुवनको होली

अभिनेता नायक भुवन केसीले विराटनगरवासीसँग होली मनाउनु भयो । होली मनाउने क्रममा अभिनेता केसी बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको हो ।

स्थानीय अथिति सदनमा विराटनगर राउन्ड टेबल नम्बर ५ ले ‘कलर वाल्कथोन’ कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा केसी प्रमुख अथिति हुनुहुन्थ्यो । उहाले निकै रमाइलो मान्दै युवाहरूँमाझ रङ खेल्दै शुभकामना साटासाट गर्नुभयो ।

(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)