प्रकाशको ‘पिर’ गीतलाई सातदिनमै करोड भ्युज, सम्पादन गरि पुनः अपलोड

गोपिकृष्ण चापागाईं/ चैत, काठमाडौं ।

नेपाली गीतसंगीतको इतिहासमा लोकप्रिय सर्जक प्रकाश सपूतको नयाँ गीत ‘पिर’ले भिडियो सेयरिङ साइट युट्युवमा नयाँ रेकर्ड राखेको छ । युट्युवमा अपलोड गरिएको एक सातामै एक करोड भ्युज पाउँदो यो गीतको भिडियोले नयाँ रेकर्ड कायम गरेको हो । नेपाली युटयुवमा बिशेष गरी लोकगीतको इतिहासमै यो सबैभन्दा छिटो करोडपटक हेरिएको भिडियो बन्न पुगेको छ । यसअघि सात महिना अघि सार्वजनिक गायिका बिष्णु माझिको ‘चरि जेलैमा’ बोलको गीतलाई १२ दिनमा एक करोड पटक हेरिएको थियो । उक्त गीतको रेकर्ड तोड्दै प्रकाशको ‘पिर’गीतले पाँचदिन नजिक अर्थात सात दिनमै करोड भ्युज पाएको हो ।

यसअघिका प्रकाशकै गीत ‘गलबन्दी’ १७ दिनमा र कुरा बुझ्न पर्च १५ दिनमा करोड भ्युज पाउन सफल भएका थिए । यसपटकको ‘पिर’ गीत बिशेषगरी विवादमा परेकाले पनि छोटो समयमै करोडपटक हेरिएको बुझ्न सकिन्छ ।  गीतको १६ मिनेट लामो भिडियोको ९ मिनेटको एक दृश्यलाई लिएर माओवादी नेताहरुले आलोचना गरेपछि भिडियो विवादमा आयो । सोहि अनुरुप सामाजिक सञ्जालमा अत्यधिक टिकाटिप्पणीको बिषय बनिरहेको थियो ।

‘‘केहि दृष्यमाथीको आलोचना, व्यापक चर्चा सहित व्यवसायिक सफल भएको गित र भिडियो त हटाएको छु । तर गित र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन ।’’— प्रकाश

गीतको भिडियो जनयुद्धमा सहभागी जनमुक्ति सेनाहरुको दुखलाई देखाइएको छ । बिशेषगरी भिडियोको ९ मिनेट पछिको एक दृश्यमा जनयुद्धमा सहभागी महिला देहब्यापारमा लागेको देखाइएको थियो । उक्त भिडियोले गलत सन्देश प्रवाह गरेको भन्दै माओवादी बृतमा चर्को आलोचना भएको थियो । भिडियोको उक्त दृश्य सम्पादन गरिनुपर्ने माग समेत गरिएको थियो । भिडियो सार्वजनिक भएको केहिदिन गायक तथा गीतका सर्जक प्रकाशले गीतले प्रवाह गर्न खोजेको सन्देश अर्कै भएको तर माओवादी बृतको बुझाई फरक परेको बताउनुभएको छ । प्रकाशले एक टेलिभिजनको अन्तर्वार्तामा भन्नुभएको छ, ‘मैले यो किसिमको टिकाटिप्पणी होला भन्ने सोचेको थिइँन । यद्यपी उक्त देहब्यापारको एक दृश्यले उहाँहरुको मन दुखेको छ भन्ने महसुस गरेको छु । तर समग्रमा भिडियोको सन्देशलाई हेर्नुभयो भने नराम्रो छ जस्तो लाग्दैन ।’ यस्तै प्रकाशले ‘तपाई कुनै एनजीओमार्फत चल्नुभयो, चुनावको मुखमा राजनितिक पार्टिमाथि प्रहार गर्नुभयो भन्छन् नि ?’ भन्ने प्रश्नमा अघि भन्नुहुन्छ, ‘म त्यति ठुलो पहुँचको ब्यक्ति पनि होइन । म साधारण ब्यक्ति हुँ । संगीत कसरी मिठो हुन्छ होला, कसरी राम्रो बनाउन सक्छु होला भनेर सोचिरहेको हुन्छ, यो गीतले कसलाई के गर्ला भन्ने तिर ध्यान जाँदैन । गीत भित्रे बाँसुरी मिठो धुन हाल्न सकेँ भने आहा कत्ति राम्रो भयो भनेर भुलेको हुन्छु, त्यतिमै रमाउने मान्छे हुँ ।’

‘पिर’ गीतमा कन्सेप्ट र निर्देशन पनि प्रकाशकै रहेको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा विपिन भाट्को सम्पादन छ । भिडियोमा प्रकाशसँगै सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन ‘केसरी’, पुष्प अवस्थी र विशाल घिमिरेको अभिनय रहेको छ ।

प्रकाशको आफ्नै नामको युट्युव हेर्ने हो भने यो सँगै सात वटा गीत करोड भ्युज माथि छन् । ती मध्ये सर्वाधिक हेरिएको प्रकाशको गीत ‘गलबन्दी’ हो जसलाई अहिलेसम्म ५ करोडपटक हेरिएको छ । यस्तै ‘पन्चेबाजा, बदला बरिलै, चरर बरर, मेरो पनि होइन र यो देश’ गीत करोड भ्युजको नजिक छन् ।

भिडियो सम्पादन पछि पुनः अपलोड

प्रकाशले भिडियो सम्पादन गर्नुपर्ने आलोचना आइरहेकाले सम्पादन गरि पुनः अपलोड गर्नुभएको छ । महिला देहब्यापारमा राखिएको दृश्यलाई हटाइएको छ । उक्त दृश्यको ठाउँमा रिसुट भने गरिएको छैन । सोहि भिडियोमै प्रयोग भएको दश्यलाई उक्त ठाउँमा ‘फ्ल्यास ब्याक’मा देखाइएको छ । सम्पादन गरिएको भिडियो शनिबार सँझ ६ बजे अपलोड गरिएको थियो ।

प्रकाशले भिडियो सम्पादन पनि पुनः अपलोड गरेर सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘पिरले सफलता मात्रै होईन धेरै कुरा सिकाएको छ । सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकस्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समुह, समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने चेत  गराएको  छ । सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ । यधपि सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने  कि सिर्जना प्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ? यो  बहस हुन जरुरी छ । भैईरहोस ।  जे होस, पिरमा प्रतीकात्मक रुपमा राखिएको एउटा दृष्यले,  पात्रले चित्रण गरेको सम्बन्धित समुहको आत्मसम्मानमा त चोट पुग्यो नै गित र भिडियोका अन्य सौन्दर्यलाई समेत छायामा पारिदियो ।’ प्रकाशल अघि लेख्नुहुन्छ, ‘एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने  निर्णय गरेको छु । केहि दृष्यमाथीको आलोचना, व्यापक चर्चा सहित व्यवसायिक सफल भएको गित र भिडियो त हटाएको छु । तर गित र भिडियोमा गरिएको नेपाली समाजको  चित्रण हटाएको छैन । आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन  र हटाएको छैन सोधिएका गम्भिर प्रश्नहरु ।’