चैत १६ देखी १९ सम्म भृकुटिमण्डपमा रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता हुँदै

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ चैत, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">यहि चैत १६ गतेदेखी १९ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा खुल्ला दोहोरी गीत प्रतियोगीता आयोजना हुने भएको छ । कोरोना कहर भन्दा अघि प्रत्येक बर्ष गर्दै आएको लोक दोहोरी कलाकारहरुको छाता संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय समितीले यसबर्ष पनि आयोजना गर्न लागेको हो ।&nbsp;</p><p style="text-align: justify; ">'टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८' नाम दिइएको यो प्रतियोगीतामा भाग लिन ईच्छुक कलाकारहरुले चैत १४ गते सम्म भित्र फर्म भरिसक्नु पर्ने हुन्छ । यस प्रतियोगितामा प्रथम पुरस्कारमा दुई लाख पच्चीस हजार, शिल्ड, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार मा एक लाख पचास हजार, मेडल र प्रमाण पत्र, तृतिय पुरस्कारमा एक लाख, मेडल र प्रमाण पत्र, सान्त्वना पुरस्कारमा पचास हजार, मेडल र प्रमाण पत्र रहेको छ ।</p><p style="text-align: justify; ">प्रत्येक समुहमा २ पुरुष र २ महिला सहित उत्कृष्ट भेषभुषालाई पुरस्कृत गरिने कुरा आयोजकले बताएको छ । काठमाडौं बाहिरबाट भाग लिन आएका समुहलाई क्वाटर फाईनल प्रबेश गरेपछि आयोजकको तर्फबाट खाना बस्नको ब्यवस्था गरिने कुरा केन्द्रिय अध्यक्ष रमेश बिजीले बताउनु भयो । प्रतियोगितामा भाग लिन एक हजार रुपैया मात्र शुल्क लाग्ने छ ।&nbsp;&nbsp;</p>