नाबालिग गायिकाले म सँग न्याय माग्न आएकी हुन्ः जस्मिन (भिडियो रिपोर्ट)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका एक नायकले आफूलाई करणी गरेको भन्दै एक नाबालिग गायिकाले उजुरी दिएपछि उक्त बिषय सामाजिक सन्जाल देखी मिडियामा निकै छाएको छ । बिशेष गरी पिडित र पिडक दुबैजना कलाक्षेत्रका कलाकार भएकाले पनि आम मानिसमा चासोको बिषय बनिरहेको छ । पिडकलाई हिरासतमा राखेर यतिबेला प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसैबिच महिला अधिकारकर्मि जस्मिन ओझाले पिडित कोशोरीले आफूसँग आएर मलाई सहयोग गरिदिनुपर्यो भनेपछि आफूले न्यायको ढोकासम्मको बाटो देखाइदिएको बताएकी छिन् । साथै जस्मिनले कुनैपनि नाबालिगसँग शारिरीक सम्बन्ध सहमतिमै राखेपछि त्यो करणी नै हुने र कुनै हिरो, कुनै नेता भनेर अपराधिलाई छाड्न नहुने बताउँछिन् ।

आफू १३ बर्षको हुँदा देखी महिलाको हकहितका लागी लड्दै आएकी जस्मिन ओझाले नेपाली समाजले पहिले देखीनै छोरीले धेरै बोल्नुहुँदैन भनेर सिकाएकै कारणले पनि अन्यायमा परेका धेरै महिलाहरुले आवाज उठाउन नसकेको बताउँछिन् । बि.स. २०७५ साल देखी महिलाको हकहितमा काम गर्दै आएको मिसन स्माइल नेपाल संस्थाले आयोजना गरेको लैगिंक हिंसा तथा निवारण कार्यक्रममा लैंगिक हिंसाको बिषयमा उनै जस्मिन ओझासँग बिशेष कुरा गरेका हौं । जस्मिनका अनुसार भोली देखी पाँचवटा सामुदायिक बिद्यालयमा लैगिक हिंसा केहो, कस्ता कस्ता कानुन बनेका छन्, प्रहरीको भूमिका के हुन्छ, लंगिक ंिहंसा लड्का लागी बिद्यार्थीले गर्न सक्ने कुराहरु केके छन् भनेर पढाउने र सुरुमा काठमाडौं महानगरबाट सुरु गरीनेछ ।

आर्टिष्ट खबरमा नबिन चापागाईंले गर्नुभएको भिडियो कुराकानी हेर्नुहोस् ।