तीन कारण देखाउँदै करिश्मा मानन्धर एमालेमा प्रवेश

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नायिका करिश्मा मानन्धर नेकपा एमाले पार्टीमा प्रवेश गर्नुभएको छ । मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित कार्यक्रममा करिश्मालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो । अभिनेत्री करिश्मा मानन्धर तत्कालिन नयाँँ शक्ति पार्टीबाट राजनीतिमा लाग्नुभएको थियो ।

नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले मुख्य तीन कारणले आफू पार्टी प्रवेश गरेको बताउनु भयो । पार्टी प्रवेश गर्नुको पहिलो कारणको रुपमा उनले अध्यक्ष केपी शर्मा ओलीलाई कारण देखाउनुभयो ।  ‘ओलीजीलाई फुर्काउन भनेकी होइन । नेता भनेको जनताको पथप्रदर्शक हो । ओलीमा त्यो प्रतिबद्धता र कुशलता पाउँछु । ओलीको इनर्जी देखेर ताजुब भएकी छु,’ पार्टी प्रवेश कार्यक्रममा करिश्मा भन्नुभएको छ ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नायिका करिश्माले कलाकारिता गर्ने मान्छे किन यता भन्ने प्रश्न धेरैको मनमा पक्कै आएको होला भन्दै जिज्ञासा मेटाउनुभयो ।

नेपाली चलचित्र क्षेत्रमा झण्डै तीनदशक सम्म काम गरेकी नायिका करिश्माले चलचित्र क्षेत्रको तर्फबाट मुलुककै लागी काम गरेको र अब राजनितिबाट काम गर्न चाहेको बताउनुभयो । उहाले अघि भन्नुहुन्छ,  म फेरी झोला बोकेर ८ कक्षा देखी स्कुल छिरेँ, अहिले १२ कक्षा पास गरेर ब्याचलर गर्दैछु । यसो भन्दा सबैले तालि बजाएका थिए ।

अध्यक्ष ओलीले करिश्मालाई खादा र टीका लगाएर पार्टी प्रवेश गराउनुभएको थियो । नायिका करिश्माले बोल्नेक्रममा एमाले पार्टि सबै जनताको मनमनमा बस्न सफल रहोस् भन्दै जय मुलुक भन्नुभयो, सोहि कार्यक्रममा नायिका करिश्मा मानन्धरसँगै पर्साका नेकपा माओवादी केन्द्रका नेता बाबुराम कौशिक पनि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा प्रस्ताव गरिएका नेता हुनुहुन्छ ।

आर्टिष्ट खबरको अफिसियल युट्युवमा भिडियो रिपोर्ट पनि हेर्नसक्नुहुनेछ ।