मन्त्री आले र सलमान खान बिच सम्वाद

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ चैत, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">आउँदो जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने ‘दबङ रिलोडेड टुर’ को लागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानबीच बुधवार भर्चुअल संवाद भएको छ । मन्त्री आलेले ७ मिनेटको समयमा पर्यटन, फिल्मीसँगै नेपाल कोभिडबाट सुरक्षित रहेको सन्देश समेत दिनु भयो ।&nbsp;</p><p style="text-align: justify; ">सन् १९८८ मा आफू मुम्बईमै रहेको भन्दै मन्त्री आलेले बिबी होतो एसी र मेने प्यार किया फिल्म हेरेको र मन परेको सलमानलाई बताउनुभयो । सलमाले भने आफू ‘मेरो एक फिल्म बुलन्द को छायांकनका लागी नेपाल आएको सम्झना गर्नुभयो । त्यसपछि नेपाल आउन नपाएको जानकारी गराउनुभयो ।&nbsp;</p><p style="text-align: justify; ">‘दबङ रिलोडेड टुर’ मा सलमानसँगै सोनाक्षी सिन्हा, ज्याक्लिन फर्नान्डेज, प्रभु देवा, गुरू रान्ध्वा, आयुष शर्मा, मनिष पौल लगायतका भारतीय कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । त्यसअघि झन्डै डेढ घण्टाको समयमा नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति दिने ओडीसी इन्टरटेनमेन्टका प्रवन्धक निर्देशक सिमान्त गुरुङले बताउनु भयो ।</p><p style="text-align: justify; ">अभिनेता सलमानको ‘दबङ रिलोडेड टुर’ सिमान्तसँगै तेन्जिङ सिमिजु, राजिभ श्रेष्ठ, रबिन गुरुङ लगायतका व्यवसायीको सहकार्यमा हुन लागेको हो । यसअघि पनि ओडीसीले क्यानेडियन पप गायक ब्रायन एडम्स, डेनिस ब्याण्ड एमएलटीआर, गायक आतिफ असलमलाई नेपाल ल्याएर कन्सर्ट गरिसकेको छ । ओडीसीका प्रवन्धक निर्देशक गुरुङले कार्यक्रममा ३० हजार दर्शक उपस्थित हुने बताउनु भयो । कार्यक्रमका लागि ५ हजार, १० हजार, १५ हजार र २५ हजारको टिकेट रहेको छ ।</p>