सकियो ह्यारी कि प्यारीको छायांकन

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नयाँ नेपाली चलचित्र 'ह्यारी कि प्यारी' को छायांकन सकिएको छ । डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्र डेढ महिना अघि कोरोना महामारीका बाहजुद पनि छायांकन सुरु गरिएको थियो ।  निर्माण टिमले कोरोना कहरका समयमा खोप लगाएका कलाकार र प्राविधिकलाई मात्र युनिटमा सहभागी गराई, सबै कलाकार तथा प्राविधिकको पिसिआर परिक्षण गरेर स्वास्थ्य मापदण्ड अपनाउँदै पर्वतबाट सुटिङ शुरु गरेका जनाएको थियो ।

डा. रिजालका अनुसार काठमाडौं, पोखरा, पर्वत, चितवनलगायतका स्थानमा फिल्मको सुटिङ पूरा गरिएको छ भने सुटिङ कार्य सोचअनुरुप सरल ढंगले सहीरुपमा सफल भएको छ । डा. कपिलले फिल्म पूरै पारिवार बसेर हेर्न मिल्ने सिचुएसनल कमेडीमा निर्माण गरिएको जानकारीसमेत गराउनु भयो । निर्माता तथा गायक एवं गीतकार डा. भोला रिजालको बिआर प्रडक्सनको व्यानरमा दुई दशक लामो अन्तरालपछि निर्माणाधिन फिल्म डा भोला रिजालका पुत्र डा. कपिल रिजालले निर्देशन गर्नुभएको छ ।

चलचित्रमा जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाह शिर्ष भूमिकामा हुनुहुन्छ । चलचित्र मा जितु ह्यारी र साम्राज्ञी उनको प्यारीका रुपमा देखिनुहुनेछ जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले यसमा अभिनय गरेका छन् भने केही अन्य सरप्राइजसमेत रहेको निर्देशक रिजालले जानकारी गराउनु भयो ।