सर्लाही आएर फर्किए राजपाल यादव

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

बलिउडका लोकप्रिय कलाकार राजपाल यादव सर्लाही आइपुग्नुभएको छ । उहालाई गोपाल सेवा समितिको नवौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रूपमा सर्लाही ल्याइएको हो । कार्यक्रम सदरमुकाम मलंगवास्थित कवडहलमा सम्पन्न भएको थियो ।

कलाकार यादवसँग फोटो र सेल्फी लिन भिड उर्लिएपछि आयोजकलाई भीड नियन्त्रण गर्न केही बेर हम्मेहम्मे परेको थियो । कलाकार यादवले पानमा दीप प्रज्वलन गर्दै कार्यक्रमको समुद्घाटन गर्नुभयो । आयोजकको तर्फबाट उनलाई ५६ किलोको मालाले सम्मानसमेत गरिएको थियो ।

मलंगवा नगरपालिका वडा नम्बर २ स्थित कभर्डहलमा महाधिवेशन उद्घाटन समारोह राति अबेरसम्म चलेको थियो । राति अबेर हुने बन्दसत्रमार्फत गोपाल सेवा समितिको केन्द्रीय नेतृत्व चयन गर्ने आयोजकले जनाएको हो । स्थल मार्गहुँदै सर्लाही आइपुग्नुभएका यादव उद्घाटन समारोहकै बीच फर्किनु भयो ।