मेलसियामा हुँदैछ रकस्टार धमाका २, राजेश पाएल राई र मुन्द्रेको बेजोड प्रस्तुती रहने

...

माघ १, काठमाडौं । मलेसियामा नेपाली कार्यक्रमहरु बढिरहेका छन् । आउँदो चाईनिज ईयरको अवसर पारेर मलेसियाको बिभिन्न ठाउँमा नेपाली कार्यक्रमहरु हुँदैछन् । यस्तैक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरुको साथमा रकस्टार धमाका २ नामक कार्यक्रम आउँदो फ्रेबुअरी ७,८ र ९ तारिखमा हुँदैछ । उक्त कार्यक्रम मलेसियाको पेनांग स्थित बिभिन्न हलहरुमा हुदैछ । कार्यक्रम फेब्रुअरी ७ तारिकमा सुंगाई पतानी, ८ तारिकमा बुकिट, ९ तारिक बिएम देवान हलमा हुँदैछ ।

rock star dhamala malaysia, penangसो कार्यक्रममा नेपालका चर्चित गायक राजेश पाएल राई, हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे), कोरियाग्राफर तथा हाँस्य कलाकार पेमा लामा, लोकगायिका तथा मोडल सिर्जु अधिकारी र नायिका तथा मोडल चन्दा दाहाल नेपालबाट मलेसिया जाँदैछन् । कलाकारको टोली फ्रेबुअरी ६ मा मलेसिया पुग्ने बताईएको छ ।

बैदेशीक रोजगारीमा र बिभिन्न तरिकाले मलेसियामा रहेका नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले रकस्टार धमाका कार्यक्रम राखिएका कार्यक्रमका संयोजक पुष्प लामाको भनाई छ । संयोजक लामाले आर्टिस्ट खबरसँग कुरागर्दै भने, “हामीले यस भन्दा अघि पनि रकस्टार धमाका कार्यक्रम गरीसकेका छौं, हाम्रो उद्देश्य भनेको मलेसियामा रहनुहुने नेपालीहरुलाई मनोरञ्जन दिनुहो । आगामी दिनहरुमा पनि यसरी नै मनोरञ्जनात्मक कार्यक्रम गर्नेछौं ।” मलेसियामा रहनुहुने नेपालीहरुको सहयोगमा कार्यक्रम सञ्चालन गर्न लागिएको उनको भनाई छ । कार्यक्रमको सम्पुर्ण तयारी भईसकेको पनि लामाले बताए । कार्यक्रमका मिडियो पार्टनर आर्टिस्ट खबर डटकम रहेको छ ।

कार्यक्रमको भिडियो प्रोमो हेर्न सक्नुहुनेछ ।

rock star dhamala - 02, penang, malaysia