प्रहरी हिरासतमा रहेका पल शाहको नयाँ गीत बिशेष भिडियो रिपोर्ट

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नायक पल शाह यतिबेला प्रहरी कारागारमा छन् । यो समयमा उनका परिवार बाहेक कसैले उनलाई देख्न पाएको छैन । कस्ता भए होलान् ? के गरिरहेका होलान् ? दर्शकलाई जान्न मन छ । महिनामा २५ वटा सम्म म्युजीक भिडियोमा काम गरेका पल शाह एक महिना देखी तनावपुर्ण जीन्दगी भोगिरहेका छन् । म्युजीक भिडियो तथा चलचित्रको छायांकन गर्ने त कुरै भएन ।

तर यतिबेला पल शाह अभिनित एक नयाँ गीत रिलिज भएको छ । उक्त गीतको चर्चा पनि निकै भइरहेको छ । सुनिल गिरीको 'झम्के साँझ' बोलको गीत कसरी सुटिंग भयो ? सुनिलले कहिलेको गीत सार्वजनिक गरे ? हामीले सुनिललाई नै प्रश्न गरेका छौं ।

गायक सुनिल गिरी पल शाहलाई म्युजीक भिडियोमा सुरुवातका दिनमा काम दिने निर्माता पनि हुन् । पल र सुनिल मिल्ने साथी हुन् । १० बर्ष देखी पल र सुनिल यो क्षेत्रमा सँगसँगै छन् । अहिले भने सुनिल निकै दुखी छन् । आज आर्टिष्ट खबरको स्टुडियोमा पल बिना आफू एक्लै आउनुपर्दा दुख लागेको बताउँछन् । ..

अहिले गीत युट्युवमा तीनदिनमै १३ लाख भन्दा बढी पटक हेरिएको छ । तर पल शाहलाई आफ्नो गीत रिलिज भएको छ, यति धेरे दर्शक स्रोताले माया गरेका छन् भन्ने पनि थाहा छैन । गायक सुनिलले गीत रिलिज गर्दै छु भन्न पनि नपाएको सुनाउँछन् ।

गायक सुनिल गिरी र सुनिता तिमिल्सिनाको स्वरमा रहेको झम्के साँझमा पल शाहसँगै प्रकृति श्रेष्ठले अभिनय गरेकी छिन् । गायक सुनिल गिरीसँगको अन्तर्वार्ता हेर्नसक्नुहुनेछ ।