खुल्ला दोहोरी गीत प्रतियोगितामा प्रवेश निशुल्क, ७० समूह सहभागी

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

यहि चैत १६ देखि १९ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुने ‘छैटौँ राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता–२०७८’मा अवलोकन गर्नेहरुका लागी प्रवेश निशुल्क गरिने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीको आयोजनामा हुने यस प्रतियोगीतामा ७० समूह बिच प्रतिस्पर्धा रहने आयोजकले जनाएको छ । पछिल्लो समय कोरोना कहरका कारण रोकिएको यस प्रतियोगीता यसबर्ष भने आयोजना हुने र तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाई छ ।

सोमबार रिपोर्टस क्लबमा आयोजक पत्रकार सम्मेलनमा प्रतियोगीताबारे जानकारी गराइयो । आयोजक संस्थाका अध्यक्ष रमेश बिजीका अनुसार यसबर्ष गएका बर्षमा देखिएका कमि कमजोरीलाई सुधार्दै प्रतियोगीता भब्य रुपमा सम्पन्न हुनेछ । आयोजकले ‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन’ भन्ने नारालाई आत्मसाथ गरेको छ ।

अध्यक्ष बिजीका अनुसार बुधबारबाट सुरु हुने दोहोरी गीत प्रतियोगीतामा देशभरबाट ७० समूह सहभागी हुनेछन् । प्रतियोगीतामा विभिन्न राष्ट्रिय कलाकारहरुको पनि सांगितिक प्रस्तुती रहनेछ । बिजीले १ लाख भन्दा बढी दर्शकले प्रतियोगिताको अवलोकन गर्ने अनुमान गर्नुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु.२ लाख २५ हजार, प्रमाणपत्र, मेडल र शिल्ड, दोश्रो स्थान हासिल गर्नेलाई नगद रु.१ लाख ५० हजार, प्रमाणपत्र, मेडल, तेश्रो स्थान हासिल गर्नेलाई नगद रु. १ लाख नगद, प्रमाणपत्र, मेडल र सान्त्वना स्थान हासिल गर्नेलाई नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र उत्कृष्ट २ पुरुष, २ महिला साथै उत्कृष्ट भेषभूषा र अनुशासित टीमलाई रु १० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

कार्यक्रमको उद्घाटन समारोहमा अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीको प्रमुख आतिथ्यता तथा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न राष्ट्रिय कलाकारहरुको विशेष आतिथ्यतामा कार्यक्रम सुरुवात हुने आयोजकको भनाई छ । प्रतियोगितालाई थप आकर्षक बनाउन विभिन्न खानाका परिकार तथा व्यापारिक स्टलहरु समेत राखिने आयोजकले जनाएको छ ।