ओस्कारमा ‘कोडा’लाई उत्कृष्ट चलचित्रको अवार्ड

एजेन्सी ।

विश्वकै प्रतिष्ठित चलचित्र अवार्ड ओस्कार सम्पन्न भएको छ । सोमवार क्यालिफोर्नियास्थित लस–एन्जल्सको डल्बी थिएटरमा भएको अवार्ड समारोहमा ‘किङ रिचर्ड’ बाट विल स्मिथ र ‘द आइज अफ ट्यामी फेइ’ बाट जेसिका चेस्टेइन उत्कृष्ट अभिनेता र अभिनेत्री घोषित हुनुभयो । त्यस्तै, ‘कोडा’ले बेष्ट चलचित्रको अवार्ड जित्न सफल हुँदा ‘द पावर अफ द डग’ बाट जेनी क्याम्पियनले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाउनुभयो ।

चलचित्र ‘ड्युन’ले ध्वनी, छायांकन, प्रोडक्सन डिजाइन, भिजुअल इफेक्ट, सम्पादन, ओरजिनल स्कोर गरी सर्वाधिक ६ विधामा अवार्ड जितेको छ । पपुलर भोटिङको आधारमा ‘फ्यान फेवरेट’ विधामा ज्याक स्नाइडरको ‘आर्मी अफ दी डेड’ सर्वोत्कृष्ट बन्यो । ट्वीटरमार्फत यो विधामा भोटिङ भएको थियो । त्यस्तै, अन्तर्राष्ट्रिय फिचर विधामा ‘ड्राइभ माइ कार’ उत्कृष्ट बन्न सफल भएको छ ।

कोरोना महामारीपछि रेड कार्पेटसहित भौतिक रुपमा आयोजना भएको ९४औं ओस्कार अवार्ड समारोह केही समय तनावग्रस्थ समेत बनेको थियो । कार्यक्रमको होस्ट रहनु भएका क्रिस रकले विल स्मिथकी श्रीमती जाडा पिन्केटको मजाक उडाएपछि विलले स्टेज चढेर क्रिसलाई थप्पड हान्नुभयो । विल स्मिथले आफ्नो करिअरमा पहिलो पटक अस्कार अवार्ड जित्न सफल हुनुभएको हो ।

उत्कृष्ट चलचत्रि  कोडा हुँदै गर्दा उत्कृष्ट निर्देशकको अवार्ड जेनी क्याम्पियनले द पावर अफ द डगबाट पाउनुभयो ।  यस्तै अभिनेत्रीको अवार्ड जेसिका चेस्टेइनले द आइज अफ ट्यामी फेइबाट पाउनुभयो भने अभिनेताको अवार्ड विल स्मिथलाई किङ रिचर्डबाट प्रदान गरियो ।

समारोहमा सह–अभिनेत्रीको अवार्ड एरियाना डिबोसलाई द वेस्ट साइड स्टोरीबाट प्राप्त भयो । सह–अभिनेताको अवार्ड भने ट्रोइ कोत्सरले कोडाबाट पाउनुभयो । चलचित्र सम्पादनको अवार्ड ड्युनले जोए वाकरबाट पाउनुभयो भने मेकअप एन्ड हेयरस्टाइलिङको अवार्ड भने द आइज अफ ट्याम्मी फेलाई दिइयो । एनिमेटेड फिचरको अवार्ड एनकान्टो, डकुमेन्ट्री फिचरको अवार्ड समर अफ सउललाई,  डकुमेन्ट्री सर्टको अवार्ड द क्वीन अफ बास्केटबललाई, ओरजिनल सङको नो टाइम टु डाइलाई र उत्कृष्ट छायांकनको अवार्ड ड्युनलाई ग्रेड फेइजरबाट प्राप्त भयो ।

अन्तर्राष्ट्रिय फिचर अवार्ड जापानको ड्राइभ माइ कारले प्राप्त ग¥टो ।   प्रोडक्सन डिजाइनको अज्ञार्ड ड्युनले पाउँदै गर्दा भिजुअल इफेक्टको अवार्ड मनो ड्युनलाई दिइयो । यस्तै कस्ट्युम डिजाइनको अवार्ड क्रुएलालाई जेन्नी विभानबाट दिइयो । साथै ध्वनीको अवार्ड पनि ड्युनलाई प्रदान गरियो ।

यस्तै ओरजिनल स्कोरको अवार्ड ड्युनलाई हान्स जिमरबाट प्राप्त भयो । एडप्टेड स्क्रिननप्ले अवार्ड सायन हेडेरलाई कोडाबाट प्राप्त भयो । ओरजिनल स्क्रिननप्लेको अवार्ड भने केनेथ ब्रानगलाई बेलफास्टबाट प्राप्त भयो । यस्तै एनिमेटेड सर्टको अवार्ड द वाइन्डसिड वाइपर र लाइभ एक्सन सर्टको अवार्ड  द लङ गुडबाइलाई प्राप्त भयो ।