कमेडी क्लब विथ च्याम्पियनलाई दुर्गेशको चेतावनी

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

केहि समय अघिमात्रै सुरु भएको हास्य टेलिभिजन शो ‘कमेडी क्लब विथ च्याम्पियन’लाई कलाकार दुर्गेश थापाले चेतावनी दिनुभएको छ । दोस्रो भागको प्रोमोमा आफ्नो मान् हानी हुने गरी ब्यङ्ग्य हानेको भन्दै थापाले कानुनी प्रक्रियामा जाने चेतावनी दिनुभएको हो ।

चेतवनी दिएसँगै निर्माण टिमले कार्यक्रमको प्रोमो भिडियो सेयरिङ साइट युट्युवबाट हटाएको छ । प्रोमोमा आफ्नो मजाक उडाएको भन्दै कलाकार थापाले निर्माण टिमलाई प्रोमो हटाउन लगाएको बुझिएको छ । कमेडीएन साजन श्रेष्ठले दुर्गेशलाई मजाक बनाउँदै आफ्नो प्रस्तुति दिनुभएको थियो । पल शाह प्रकरणलाई ईंगित गर्दै दुर्गेश कसैको साथी हुनसमेत लायक नरहेको सन्देश दिन खोजिएको थियो ।

प्रोमोमा सजनले भन्नुभएको थियो, ‘उहाँ चैँ, गाली खान पचाउन सिकाउने गुरु । उहाँले जस्तो गाली पचाउन कसले सक्छ र बा बा । उहाँ फेरि मेरो गुरु मात्र हो, साथी होइन । साथी हानिकारक हुन्छ ।’ यस बारे दुर्गेशले साजन र सो मा अध्यक्ष रहेकी कलाकार दिपाश्री निरौला सँग पनि कुरा गरीसक्नुभएको छ । बुझिए अनुसार पुरा कार्यक्रममा पनि दुर्गेशको सो दृश्य हटाइने छ ।