बुढासुब्बा डिजिटल युट्युव च्यानल ह्याक, ११ हजार बढी भिडियो गायब

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ चैत, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपालको बुढासुब्बा डिजिटल युट्युव च्यानल ह्याक भएको छ । नेपाली फिल्म तथा गीत संगीतलाई युट्युबमा राख्दै आएको यस युट्युव च्यानल बुधबारसम्म सकुशल रहेको थियो । युट्युब प्लेटफर्म बिहीबार ह्याक भएको जनाइएको छ ।&nbsp; &nbsp;</p><p style="text-align: justify; ">बुढासुब्बा डिजिटल दोस्रो पटक ह्याक भएको हो । यसअघि पनि यो च्यानल ह्याक भएर पुनः फिर्ता ल्याइएको थियो । कम्पनी ह्याक भएपछि यसको पहिलो मार वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर ४’ लाई परेको छ । रिलिजको संघारमा रहेको फिल्मका प्रचार सामाग्री युट्युबबाट हटेका छन् ।</p><p style="text-align: justify; ">यसैको भगिनी संस्था बुढासुब्बा मुभी भने यथावत छ । यसैगरि यही कम्पनीको गीत मात्र राख्ने बुढासुब्बा संग्स पनि युट्युबमा देख्न सकिन्छ । यसअघि गायक भिटेनको युट्यबु च्यानल पनि ह्याक भएको थियो । बुढासुब्बा डिजिटल खोज्दा त्यहाँ क्रिप्टोकरेन्सीको विज्ञापन गरिएको छ । ह्याकरले ह्याक गरेसँगै कम्पनीको प्रोफाइल पनि परिवर्तन भइसकेको छ । यो च्यानलमा ६० लाख हाराहारी सब्क्राइबर थिए भने ११ हजार बढी भिडियो पोस्ट थिए ।&nbsp;</p>