म्यूजिकल नाईटमा सीता देखी बिनुको प्रस्तुती

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

‘समर हट फेशन शो एण्ड म्यूजिकल नाईट’ सम्पन्न भएको छ । स्टुडियो कुवेरको आयोजनामा राजधानीको बालुवाटार स्थित टाईम्स स्क्वाएर लन्ज एण्ड वारमा सम्पन्न उक्त कार्यक्रमलाई पेजेन्ट नेपालले सहकार्य गरेको थियो । कार्यक्रममा १४ जना फिमेल मोडल तथा ७ जना मेल मोडलहरु ¥याम्पमा उत्रिनु भएको थियो ।

कार्यक्रममा वनलेग क्लासिकल डान्सर सीता सुवेदी ¥याम्पमा उत्रिने देखी लोकप्रिय बेली डान्सर बिनु शाक्यको बेली डान्ससँग अन्य चर्चित कलाकार प्रस्तुतीसँगै ¥याम्पमा उत्रिनु भएको थियो । शारिरीक रुपमा अशक्त भएपनि हिम्मत गरेको भन्दै वनलेग क्लासिकल डान्सर सीता सुवेदीको कार्यक्रममा उपस्थित दर्शक तथा कलाकर्मीले तारिफ गरेका थिए । साथै बेली डान्सर बिनुको बेली डान्समा ‘वान्स मोर’ आएको थियो ।

कार्यक्रम पश्चात बोल्दै डान्सर सुवेदीले आफूलाई निमन्त्रणा गरेकोमा आयोजक टिमलाई धन्यवाद दिनुभयो । देश बिदेशका बिभिन्न स्टेजमा डान्स गर्दै आउनु भएकी सुवेदीले यसअघि पनि धेरैपटक बिभिन्न ¥याम्पमा हिडिसकेको बताउनुभयो । कार्यक्रममा लोकप्रिय नायक रमेश उप्रेती पनि आकर्षक पोशाकमा ¥याम्पमा उत्रिनुभएको थियो । साथै कमेडी च्याम्पियनका प्रतिस्पर्धी प्रभात लामाको कमेडी प्रस्तुतीबाट दर्शक झुमेका थिए ।

कार्यक्रममा बिभिन्न सिक्वेन्स अन्तर्गत कल्चरल शो, समर हटको शो , दौरा सूरुवालको शो गरिएको थियो ।

कार्यक्रममा गायक तथा कलाकार यमन श्रेष्ठ, गायक बिनोद ढकाल, गायक तथा संगीतकार सुमन कुमार श्रेष्ठ, गायिका यजु शिल्पकार, गायक सविन बज्राचार्य तथा डिजे अमु लगयातका कलाकारको पनि प्रस्तुति रहेको थियो ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यता एवं विश्वकिर्तिमानी गीतकार डा.डिआर उपाध्यायको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रम आयोजक स्टुडियो कुवेरका प्रमुख एवं चर्चित फेशन फोटोग्राफर कुवेर तामाङ्ग, एसोसियट पेजेन्ट नेपालका प्रमुख राज लुईटेल तथा वरिष्ठ समाजसेवी तथा सफल युवा व्यबसायी अमृत खड्का, पूर्व सैनिक अधिकृत तथा समाजसेवी विजय थापा कार्यक्रम व्यबस्थापन संघका अध्यक्ष लब बहादुर कार्की, गीतकार रोशन भट्टराइले गमलामा पानी हालेर कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।

फेशन कोरियोग्राफर रोजीन शाक्यको कोरियोग्राफी रहेको शो लाई सिसिम लिम्बु तथा ईश्वर वल्लभ उप्रेतीले कार्यक्रम संचालन गर्नुभएको थियो ।