साउथ इन्डियन चलचित्र ‘आरआरआर’को नेपालमा मात्रै ७ करोड कमाई

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

पछिल्लो समय साउथ इन्डियन चलचित्र नेपालमा पनि प्रदर्शन हुन थालेका छन् । खासै नेपाली हलमा प्रदर्शन नहुने साउन इन्डियन चलचित्र पछिल्लो समय अल्लु अर्जुनको पुष्पा हलमा लागेसँगै नेपाली दर्शकले साउथ इन्डियन चलचित्रलाई पनि निकै रुचाउन थालेका छन् । त्यसतो त हलमा प्रदर्शन नहुँदा नेपालीहरुले युट्युवमा पनि खुबै हेर्ने गर्थे । हिन्दी भाषामा डब भएका साउथ इन्डियन चलचित्र नेपालीहलमा पनि लाग्न थालेका हुन् ।

अब कुरा गरौं चलचित्र ‘आरआरआर’ को । गएको मार्च २५ बाट विश्वब्यापी प्रदर्शनमा आएको यो चलचित्र नेपालमा पनि अहिले डेढसय बढी हलहरुमा प्रदर्शन भइरहेको छ । नेपाली चलचित्रले दर्शकन नपाइरहेको अवस्थामा साउथ इन्डियाका चलचित्रमा दर्शकको संख्या निकै आक्रमक देखिन्छ । चलचित्र प्रदर्शन भएको डेढ सातासम्म चलचित्र हेर्नका लागी अग्रिम बुकिंग नगरे सिट पाउन नसक्ने अवस्था छ ।

एसएस राजामौली निर्देशित फिल्मले घरेलु बक्स अफिसमा दैनिक औसत एक करोडको हिसाबले कमाइ गरिरहेको छ । पहिलो साता चलचित्रले सात करोडको आँकडा पार गरेको छ । दोस्रो सातासम्ममा यो चलचित्र नेपाली बक्स अफिसमा हलिउड फिल्म ‘स्पाइडरम्यानः लाइफटाइम कलेक्सनलाई पनि पछाडि पार्ने अनुमान गरिएको छ । स्पाइडरम्यानले नेपालमा ७ करोड ४० लाख कुल कमाइ गरेको थियो ।

क्यूएफएक्ससहित मुख्य मल्टिप्लेक्समा शनिबारसम्म आरआरआरका सबै शो हाउसफुल देखिएको छ । कतिपय हलले टिकटको अग्रिम बिक्री गरिरहेका छन्  ।  ‘आरआरआर’को यो कमाइको अनुपात यसअघिको साउथको  ‘बाहुबली २’ भन्दा उच्च हो ।

हलमै नेपाली दर्शक नाँचिरहेका छन् ….

अहिले नेपालका क्युएफएक्स सँगै सिंगल थिएटरमा नेपाली दर्शकको संख्या भरिभराउ छ । चलचित्र हेर्दै गर्दा बिचबिचमा हुटिंग गर्दै मनोरन्जन पनि लिइरहेका छन् । अर्को रोजक कुरा यतिबेला बिभिन्न सामाजिक सञ्जालमा चलचित्र हेरेर सकिएपछि हलमै नाँचिरहेको दृश्य देख्न पाइन्छ । हामीले यहाँ टिकटकमा भेटिएका केहि भिडियो सामाग्री तपाईलाई देखाउन सक्छौं ।

क्यूएफएक्स सिनेमासको वेवसाइट चेक गर्ने हो भने चैत १९ शनिबार दिउँसो सम्म आरआरआर चलचित्रलाई ३५ शो दिइएको छ । दमौली र बिराटनगरका  क्युएफएक्स बाहेक सबैजसो हल हाउस फुल देखिन्छ ।

विश्वभरीबाट ७०० करोडको कलेक्सन

आरआरआर चलचित्रले विश्वभरीबाट ७ सय करोडको आँकडा पार गरिसकेको छ । यो चलचित्रले हिन्दी भर्सनमा मात्र प्रदर्शनको ७ दिनमा १ सय ३० करोडमाथिको कमाई गरिसकेको बताइएको छ ।

५ सय ५० करोडको लागतमा निर्माण भएको यो चलचित्रले प्रदर्शनको सात दिनमा विश्वभरबाट ७ सय ९ करोड ३६ लाखको व्यापार गरेको ट्रेड एनालिस्ट मनोबाला विजयबालनले ट्रविटरमार्फत् जानकारी दिएका छन् । चलचित्रले पहिलो दिन विश्वभरबाट २ सय २३ करोड माथिको सानदार ओपनिङ गरेको थियो ।

चलचित्रको लाइफटाइम बिजनेस १५ सय करोड करोड पुग्ने अनुमान गरिएको छ । यो चलचित्रले एसएस राजामौलीको अघिल्लो फिल्म ‘बाहुबली २’ को लाइफटाइम कलेक्सनलाई समेत उछिन्ने देखिन्छ । भारतमा अहिलेसम्म सबैभन्दा बढी कमाई गर्ने टप ५ चलचित्रको लिस्टमा दोस्रो स्थान बनाएको ‘आरआरआर’ले नेपालमा मात्रै पहिलो हप्ता ४ करोडमाथिको कलेक्सन गरेको थियो ।

हिन्दी, तमिल, तेलुगू, कन्नड र मलयालम भाषामा एकसाथ रिलिज भएको यस चलचित्रमा साउथ सुपरस्टार राम चरण र एनटीआर जूनियरका अलावा बलिउडको प्रतिनिधित्व गर्दै अजय देवगन र आलिया भट्टले अभिनय गरेका छन् ।

Video Report on Artist Khabar Youtube: Coming Soon…