सिक्किमबाट चलचित्र ‘ग्रहण’ घोषणा

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नेपाली नयाँ चलचित्र ‘ग्रहण’को निर्माण घोषणा गरिएको छ । चलचित्र  राजीव गुरुङले निर्माण तथा निर्देशन गर्दैहुनुहुन्छ । राजीवको निर्देशकको हिसाबमा यो पहिलो चलचित्र हुनेछ ।

चलचित्रको सिक्किम स्थित गान्तोकमा सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख अथित्यतामा भएको कार्यक्रमका बीच घोषणा गरिएको हो । घोषणा समारोहमा चलचित्रको टाइटलसँगै कलाकारका समेत सार्वजनिक गरिएको छ । निर्माण टिमले चलचित्रमा विनय श्रेष्ठ , नम्रता श्रेष्ठ , सारुक ताम्राकार लगायतको अभिनय रहने बताएको छ ।

थ्रीलर ड्रामा जनर रहने चलचित्र रे भेन्चर्स प्राइभेट लिमिटेडको व्यानारमा निर्माण हुनेछ । भारतको सिक्किममा र नेपालमा छायांकन हुने उक्त चलचित्रको घोषणा कार्यक्रममा सिक्किम चलचित्र प्रोमोसन बोर्डकी अध्यक्ष पुजा शर्मा, सिक्किम मुख्यमन्त्री प्रेम सिंह तामाङका सञ्चार सचिव विकास बस्नेतसँगै निर्माता निर्मला गुरुङ, कलाकारहरु विनय श्रेष्ठ, नम्रता श्रेष्ठ , सारुक ताम्राकार , निर्देशक राजीव गुरुङ , प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मी , कास्टिङ डायरेक्टर सुदाम सिके लगायतको उपस्थिति रहेको थियो । सिक्किममै रहेका निर्देशक साम्तेन भुटिया पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । चलचित्रको सिक्किममा ७५  प्रतिशत छायांकन गरिने बताइएको छ ।

‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले स्क्रिन सेयर गर्दैहुनुहुन्छ । चलचित्रमा हरी हुमागाईंको छायांकन, प्रविन श्रेष्ठको सम्पादन , बिशाल सापकोटाको स्क्रिप्ट र स्क्रिनले रहेको छ भने यसको स्टोरी निर्देशक गुरुङको रहेको छ । अन्य कलाकार तथा प्राविधिकलाई छिटै छनौट गर्ने निर्देशक गुरुङले बताउनुभएको छ ।