‘ए मेरो हजुर ४’बाट दुर्गेशको दृश्य काटियो

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गायक तथा मोडल दुर्गेश थापा पछिल्लो समयका सांगितीक क्षेत्रका चर्चित कलाकार हुनुहुन्छ । पछिल्लो समय भने अभिनेता पल शाहको प्रकरणका कारण दुर्गेश विवादमा मुछिनुभएको छ । त्यसै कारणले उहाँलाई अहिले बिभिन्न स्टेज कार्यक्रममा पनि आयोजकले निमन्त्रण दिन सकेका छैनन् । दुर्गेश आफूले पनि सामाजिक सञ्जालमा पहिले जसरी बिभिन्न पोष्ट पनि गरेको देखिदैन । अन्य गीत संगीतका क्रियाकलाप पनि गरेको पाइदैन । स्रोतका अनुसार दुर्गेश एकबर्ष मौन बस्न चाहिरहनुभएको छ ।

यसैबिच अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’मा समावेश दुर्गेशको दृश्य चलचित्रबाट काटिएको छ । चलचित्रको निर्माण टिमले दुर्गेश विवादमा परिरहेको अवस्थामा दर्शक घट्ने डरले उहाँको दृश्य हटाएको हो  । आउँदो बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘ए मेरो हजुर ४’को टिम अहिले ब्यापक प्रचारप्रसारमा लागिरहेको छ । यहिबेला दुर्गेशको दृश्य हटाएको हो । अभिनेत्री सुहाना थापाको पात्रले गायकको रुपमा रहेनु भए दुर्गेशलाई भेटेको डेढ मिनेट लामो दृश्य चलचित्रमा समावेश थियो । निर्माता सुनिल कुमार थापा अनुसार साढे दुई वर्षअघि उक्त दृश्य छायांकन गरिएको थियो ।

दुर्गेश चलचित्रको एक गीतमा ¥यापरको भूमिकामा हुनुहुन्थ्यो । उक्त गीत केही दिनमा सार्वजनिक गर्ने तयारीमा निर्माण टिम थियो । तर, दुर्गेशलाई प्रस्तुत गरिएको गीत सार्वजनिक गर्दा चलचित्रलाई असर पर्ने बुझेपछि निर्माण टिमले उहा देखिएको गीत नै हटाएको हो । दुर्गेश फिचर भएको गीतको ठाउँमा निर्माण पक्षले जी–बब नामले चिनिने ‘मिलेन लेभल तेरो’ गीतका गायक सुदीप भण्डारीको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतलाई राखेको छ । त्यस्तै, गीतको भिडियोमा गायक भण्डारी आफैं फिचर हुनुहुन्छ । बुधवार उक्त गीतको काठमाडौंको एक रेस्टुरेन्टमा छायांकन भएको थियो । गीतलाई शुक्रवार सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ ।

लकडाउनमा समयमा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले चिलचित्रको एक गीतमा अभिनय गराउन दुर्गेशसँग कागजी सम्झौता गर्नुभएको थियो ।