नेपथ्यले नयाँबर्षमा दमकमा कन्सर्ट गर्ने

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नेपालको चर्चित सांगीतिक समूह नेपथ्यले कोरोनाकालपछि पहिलोपटक पूर्वको शहर दमकमा कन्सर्ट गर्ने भएको छ ।

आउँदो वैशाख १ गते दमकको सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा कन्सर्ट हुनेछ । ब्यान्डको व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठले  संगीतप्रेमी दर्शक उत्तिकै भव्यतापूर्वक उभ्याउने तयारी गरेको बताउनुभएको छ । उहाँले नेपथ्यप्रेमीलाई नयाँपन महसुस गराउने हाम्रो जमर्को हुने बताउनुभयो ।

नेपथ्यका गायक अमृत गुरुङले नयाँ वर्षको दिन दमकमा हुने आफूहरूको कन्सर्टले नयाँ दिनको स्वागत गरी कोरोनाकालमा भएका तिता अनुभवलाई बिर्साउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।