नाटक ‘शिरीषको फूल’ पोखरामा मञ्चन

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नाटक ‘शिरीषको फूल’ पोखरामा मञ्चन भएको छ । साहित्यकार पारिजातको उपन्यास ’शिरीषको फूल’ मा आधारित यो नाटक बुधबारदेखी पोखरा थिएटर (गन्धर्व नाटक घर) मा देखाइएको हो ।

पोखरा थिएटरसँगको सहकार्यमा थिएटर मल–कीर्तिपुर रङ्गमञ्चको प्रस्तुति रहेको नाटक चैत्र २७ गतेसम्म देखाइनेछ । चारदिनमा पाँचवटा शोहरू राखिएको यस नाटकका परिकल्पनाकार केदार श्रेष्ठले जानकारी दिनुभयो । यो नाटक काठमाडौं र पोखरामा मात्रै नभई देशैभरि देखाउने तयारी गरिरहेको समेत उहाले बताउनुभएको छ । यसअघि थिएटर यो नाटक मल–किर्तीपुर रङ्गमञ्चमा मञ्चन भइसकेको छ । अञ्जान प्रदीपको निर्देशन रहेको नाटकलाई चौथो आयामले तयार पारेको हो ।

नाटकमा समृद्धि र सञ्जय साथै हाङ ओ हाङ राई, मञ्जु महर्जन, शैली शर्मा, सविना गोपाली, जेनी सुनुवार, अस्मिना भारती, कीर्ति भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।