दुर्गेशको सिन काटिएको बिषयमा मलाई थाहा छैनः अनमोल केसी (भिडियो रिपोर्ट)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आउँदो नयाँ बर्ष बैशाख १ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको अनमोल केसी र सुहाना थापाको मुख्य अभिनय रहेको 'ए मेरो हजुर ४' बाट कलाकार दुर्गेश थापाको डेढ मिनेट लामो दृश्य काटिएको रिपोर्ट यसअघि हेरिसक्नुभएको छ । जुन रिपोर्ट आर्टिष्ट खबरको एके सर्ट न्युजमा प्रसारण गरिसकेका छौं । यसैबिषयमा चलचित्रका नायक अनमोल केसीले हामीसँग आफ्नो भनाई राखेका छन् ।

पछिल्लो समय अभिनेता पल शाहको प्रकरणका कारण दुर्गेश विवादमा तानिएपछि एक पछि अर्को ठाउँबाट दुर्गेशलाई बहिस्कार गर्न थालिएको छ । लामो समय केहि पनि नबोली बसेका दुर्गेश थापासँग शनिबार आर्टिष्ट खबरले बिशेष कुरा गरिसकेको छ । दुर्गेशले उक्त अन्तर्वार्तामा ए मेरो हजुर ४ बाट आफ्नो सिन काटिएको बिषयमा पनि बोलिसकेका छन् ।

आखिर चलचित्र ए मेरो हजुर ४ बाट दुर्गेशलाई किन आउट गरियो । के दुर्गेशको सिन राख्दैमा चलचित्र चल्दैनथ्यो ? अथवा दर्शकले दुर्गेशलाई राख्नेभए हामी चलचित्र नै हेर्दैनौं भनेका थिए ? अधिकांश दर्शकलाई चलचित्रमा दुर्गेश थापा छन् भन्ने नै थाहा थिएन । तर चलचित्र टिमले दुर्गेशको सिन काट्यौ भन्ने सुचना सार्वजनिक गर्दा चलचित्रको प्रमोशन हुने भएकाले सुचना सार्वजनिक गरियो ।

बुझिए अनुसार अभिनेत्री सुहाना थापाको पात्रले गायकको रुपमा रहेका दुर्गेशलाई भेटेको डेढ मिनेट लामो दृश्य चलचित्रमा समावेश थियो । उक्त दृश्य दुईबर्ष अघि नै छायांकन गरिएको थियो । नायक अनमोल केसीलेलाई हामीले प्रश्न गर्यौं, जिबबलाई भित्राएर दुर्गेशलाई आउट गरिएछ नि । चलचित्रमा दुर्गेश थापाको अभिनय नै थियो ? अथवा गीत मात्रै थियो ? हामीले प्रश्न गरेका छौं ।

नायक अनमोल केसीले आफूहरु कलाकार मात्र भएको र यो कुरा निर्माण पक्षलाई सोध्नुपर्ने तर्क राखेपछि हामीले सुहानालाई पनि सोहि प्रश्न गर्न चाहेनौं । त्यसो त सुहानाको होम प्रोडक्सनमा बनेको हो यो चलचित्र । सुहानालाई यो बिषयमा सबैकुरा थाहा भएपनि हामीसँग उक्त कुरा गर्न भने चाहिनन् । तै पनि हामीले यसरी प्रश्न गर्यौं ।

दुर्गेश फिचर भएको गीतको ठाउँमा निर्माण पक्षले जी–बब नामले चिनिने ‘मिलेन लेभल तेरो बाउ बोला ए…’ गीतका गायक सुदीप भण्डारीको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतलाई राखेको छ । त्यस्तै, गीतको भिडियोमा गायक भण्डारीसँगै अनमोल र सुहानालाई देख्न सकिन्छ । जुन गीत शनिबार नै निर्माण टिमले सार्वजनिक गरिसकेको छ । झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माणमा तयार भएको ए मेरो हजुर ४ बाट निकालिएको बिषयमा दुर्गेशले मन दुखाएका छन् । उनले आफू कुनै पनि चलेको समयमा चलचित्रमा राखियो तर नचलेको र आफू दुखमा परेको अवस्थामा निकालियो भन्दै दुख ब्यक्त गरे ।

यस्तै दुर्गेशलाई अहिले मेला महोत्सव देखी बिभिन्न कार्यक्रमबाट बहिस्कार गर्न थालिएको छ । यसैबिषयमा दुर्गेशले आफू बाटोमा मादल भएर र जसले पनि बजाइरहेको भन्ने तर्क दिए ।  हामी यो बिषयमा चलचित्रका निर्माता र निर्देशकलाई पक्कै प्रश्न गर्नेछौं । अनमोल केसी र सुहाना थापासँग पल शाह प्रकरणसँगै पछिल्लो समयका युवा स्टारहरुबिचको प्रतिस्पर्धाको बिषयमा पनि कुरा गरेका छौं । जुन अन्तर्वार्ता आर्टिष्ट खबरमा छिट्टै प्रसारण हुनेछ । प्रतिक्षा गर्नुहोला ।

भिडियो रिपोर्ट हेर्नुहोस्ः