खुश्बु र दिनेशको स्वरमा ‘आधा मुटु’ सार्वजनिक, सकारात्मक प्रतिक्रिया

आर्टिष्ट खबर/ चैत, काठमाडौ ।

नयाँ गीत 'आधा मुटु' सार्वजनिक गरिएको छ । भावना म्युजीक सोलुशनबाट सार्वजनिक गीतमा गायक दिनेश क्षेत्री र गायिका खुश्बु सुनारको स्वर रहेको छ । गायक दिनेशकै शब्द तथा संगीत रहेको गीत सुनिल परियारले एरेन्ज गर्नुभएको हो । मारुनी डिजिटलमा रेकर्ड गरिएको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतको भिडियोमा बिमल अधिकारी र लक्ष्मी गिरीको अभिनय देख्न सकिन्छ । बिक्रम चौहानको कोरियोग्राफि तथा निर्देशनमा तयार भएको भिडियो मिलन विश्वकर्माले सम्पादन गर्नुभएको हो भने प्रकाश खड्काले खिच्नुभएको हो । गीतको बिषयमा आर्टिष्ट खबरसँग कुरागर्दै गायिका खुश्बु भन्नुहुन्छ, ‘लोकगीतको क्षेत्रमा अर्को फरक गीत पस्किएका छौं । आशा छ दर्शक, स्रोताले माया गरिदिनुहुन्छ ।’ उहाँले दर्शकको माया पाउने अपेक्षा राख्नुभयो । भावना डिजिटल सोलुशन युट्युव च्यानलबाट सार्वजनिक गीतको भिडियो यो समाचार तयार पार्दासम्म झण्डै ४० हजार पटक हेरिएको छ ।

भिडियोमा १८ सय बढी लाइक र १ सय ३३ बढी प्रतिक्रिया अधिकांश सकारात्मक छन् ।