यस्तै बन्यो चलचित्र ‘गणपति’को फर्स्टलुक

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

नयाँ नेपाली चलचित्र ‘गणपति’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नयाँ बर्ष २०७९ को शुभकामना दिँदै पोस्टर रिलीज भएको हो । यो चलचित्रको रिलीज यसै बर्ष गरिने बताईएको छ । पोस्टरमा मानिस र हामीले भगवान मान्ने गणेशलाई सांकेतिक रुपमा आधा–आधा राखिएको छ ।

यस चलचित्रमा लेखन तथा निर्देशन सबिन अधिकारीको रहेको छ । यो चलचित्रमा अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको प्रमूख अभिनय रहेको छ । उनिहरुसँगै सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ ।

‘गणपति’ नाम धार्मिक सुनिए पनि चलचित्रमा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताएका छन् । चलचित्रमा अभिनेता भुषाल टाइटल क्यारेटरमा छन् । ‘गणपति’ मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने भुषालको भनाई छ ।

यो चलचित्रको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा भएको हो । लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहेको चलचित्रमा  हरिबहादुर घलेको छायांकन रहेको छ । गीतमा अनिस अधिकारीले शब्द तथा संगीत दिएका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आवाज दिएका छन् ।

गोविन्द शाहीले वितरण गर्ने चलचित्रको ओभरसिज राइट्स स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ । स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टका श्रीदेव बि।एल।का अनुसार यो चलचित्र नेपालभन्दा पहिले यू।के। र अष्ट्रेलियामा रिलीज हुनेछ ।