०७८ः नेपाली चलचित्रका लागी खराब बर्ष

गोपिकृष्ण चापागाईं/ बैशाख, काठमाडौं ।

नेपाली चलचित्रको पाँच दशक लामो इतिहासमा विश्वब्यापी फैलिएको कोरोना भाइरसले ठुलो असर ग¥यो । भाइरसले विश्वकै चलचित्र इतिहासमा असर पारिरहेको अवस्थामा नेपाली चलचित्रलाई केहिबर्ष पछाडी धकेल्यो । अब नेपाली चलचित्रलाई पहिलेकै अवस्थामा आउन अझै कम्तिमा दुईदेखी तीनबर्ष लाग्ने विश्लेषण हुन थालेको छ ।

त्यसो त बर्ष बि.स. २०७८ साल नेपाली चलचित्र क्षेत्रका लागी खराब बर्ष साबित भयो । अहिलेसम्मको इतिहासमा यस्तो अप्ठ्यारो अवस्था नेपाली चलचित्रले नभोगेको जानकारहरु बताउँछन् । बर्ष ०७८ लाई समिक्षा गर्न नेपाल चलचित्र विकाश बोर्ड र बक्स अफिसको तथ्यांक हेर्ने हो भने खराब बर्ष साबित हुन्छ । बर्षमा जम्मा १३ चलचित्र प्रदर्शन भए । ती चलचित्र निर्माणमा ६ देखी ७ करोड रुपैंयाको लगानी भयो तर चलचित्र प्रदर्शन पछि आम्दानीको डाटामा जम्मा ४ देखी ५ करोड रुपैंया छ । प्रदर्शन भएका कुनैपनि चलचित्रले लगानी पनि उठाउन सकेनन् । यसैबर्षमा प्रदर्शन हुने भनेर तयार भएर ‘हार्डडिक्स’मा बसेका केहि चलचित्र दर्शक नपाउने डरले पछि हटे । निर्माताहरुले करोडौं लगानीमा निर्माण गरिएका चलचित्र जोखिम मोलेर यस बर्ष प्रदर्शन चाहेनन् ।

१३ चलचित्र प्रदर्शन, सबै घाटामा

वर्ष २०७८ मा घरेलु बक्स अफिसमा गएका बर्षजस्तो चलचित्र प्रदर्शन हुन सकेनन् । गएको दुईबर्ष अघिका बर्षसँग तुलना गर्नेहोभने चार भागमा एक भाग चलचित्र पनि प्रदर्शन हुन सकेनन्, कारण कोरोना भाइरस नै थियो । कुनै पनि अप्ठ्यारो परिस्थीती नआउँदा घरेलु बक्स अफिसमा बर्षमा झण्डै सयको हाराहारीमा चलचित्र प्रदर्शन हुन्थे । भलै ९० प्रतिशत चलचित्र घाटामै हुन्थे तर प्रदर्शनको संख्या उच्च थियो । तर बर्ष ०७८मा जम्मा १३ चलचित्र मात्र प्रदर्शनमा आए त्यो पनि निकै मुस्किलले । कतिले जोखिम मोलेरै प्रदर्शन गरे । कतिले सालो प्रदर्शन पाए कतिले बिदेशी चलचित्रसँग प्रतिस्पर्धा गरे तर सबै चलचित्र घाटामै भए ।

कोरोना भाइरसले मुलुक ग्रसित भइरहेको अवस्थामा वैशाख १५ गते कोरोनाको दोस्रो लहरले बन्द भएका हल दशैंमा खुले । बिषमपरिस्थतीमा पनि चलचित्र डाँडाको वरपीपलले प्रदर्शन गर्ने आँट ग¥यो । चलचित्रकर्मीले यस्तो अवस्थामा पनि प्रदर्शन गर्ने आँट गरेको भन्दै तारिफ गरे तर चलचित्र हेर्न दर्शक हलसम्म पुगेनन् । त्यसपछि क्रमशः ‘धुम ४, ओभरडोज, चुरीफुरी, कठपुतली, सकिन भुल्न तिमीलाई’ प्रदर्शन भए । यी चलचित्रका निर्माता पनि निराश हुनुप¥यो । यस्तै तेस्रो लहरको निषेधाज्ञा सुरु हुनु भन्दा दुईअघि मात्रै चलचित्र ‘चपली हाइट–३’ प्रदर्शनमा आयो । केहि आशा बोकेको यो चलचित्र निषेधाज्ञाको चपेटामा परेसँगै पछि हलखुलेपछि पुनः प्रदर्शन गरियो । तर ब्यापार सुखद हुन सकेन ।

त्यसपछि क्रमशः ‘म यस्तो गीत गाउँछु २’, लप्पन छप्पन २, आकाशे खेती, चिसो एस्ट्रे, हेल्लो जिन्दगी र मैले आई लभ यू भन्नै सकिनँ प्रदर्शनमा आयो । यी चलचित्रले पनि लगानी समेत उठाउन सकेनन् ।

साउथ चलचित्रले थिचेको बर्ष

वर्ष २०७८ नेपाली चलचित्रका लागी अर्को दुखद बर्ष मान्नुपर्छ । यसअघि साउथ इन्डियन चलचित्र नेपालमा प्रदर्शन हुन्थेनन् तर यो बर्ष नेपालका लागी साउथका ठुला चलचित्र प्रदर्शन भए । जसले गर्दा नेपाली चलचित्रका लागी अर्को ठुलो धक्का पुग्न गयो । हिन्दी भाषामा डब भएका साउथ इन्डियन चलचित्र नेपाली हलमा आइसकेपछि नेपाली दर्शकको उल्लेखीय उपस्थिती रह्यो ।

साउथ इन्डियन चलचित्र ‘पुष्पा’ र ‘आरआरआर’ नेपालमा प्रदर्शन भएसँगै नेपाली चलचित्रलाई थप चुनौती दिए । त्यसैले हलिउड र बलिउडका चलचित्रले नेपाली चलचित्रलाई चेपुवामा पारिरहेको अवस्थामा साउथ इन्डियन चलचित्र नेपालमा प्रदर्शन हुन थालेपछि अर्को अप्ठ्यारो परिस्थती खडा भयो ।

साउथ इन्डियन चलचित्र ‘पुष्पा’ प्रदर्शन हुने भन्ने खबरसँग नेपाली चलचित्र ‘चपली हाइट–३’ पनि सोहि मितिमा प्रदर्शन हुने भन्ने खबर बाहिरियो । तर उक्त चलचित्रका निर्माता अर्जुन कुमारले नेपाली चलचित्रसँग बिदेशी चलचित्र नजुधाउँ भन्दै हारगुहार नै गर्नुभयो । चलचित्र विकाश बोर्डसँग बिभिन्न संस्थासँग छलफल गर्नुभयो । अन्ततः ‘पुष्पा’ले नेपाली हल कब्जा ग¥यो । ‘पुष्पा’को छेऊमा नेपाली चलचित्रले पानी भन्ने अवस्था पनि रहेन् । यस्तै अर्को साउथ इन्डियन लचित्र ‘आरआरआर’ले पनि नेपाली बक्स अफिसमा बम्पर कमाई ग¥यो । अहिलेसम्म उक्त चलचित्रले नेपालबाट मात्रै १२ करोड रुपैंयाको ग्रस कलेक्सन गरेको तथ्यांक छ । हलिउड चलचित्र ‘स्पाइडरम्यानः नो वे होम’ले पनि नेपाली दर्शकको ध्यान तान्यो । यो चलचित्रले पनि नेपाली बक्स अफिसमा झण्डै साढे सात करोड रुपैयाँ कमायो ।

बर्ष ०७९ का लागी पनि बिदेशी चलचित्रले दुख दिने संकेत देखिइसकेको छ । आजै (बैशाख १) बाटै साउथ इन्डियाकै अर्को ठुलो चलचित्र ‘केजिएफ च्याप्टर–२’ प्रदर्शनमा आएको छ । सँगै नेपाली चलचित्र ‘ए मेरो हजुर–४’ पनि प्रदर्शनमा आएको छ । तर क्युएफएक्स चेनमा ‘ए मेरो हजुर–४’ लाई भन्दा ‘केजिएफ च्याप्टर–२’ लाई तेब्बर बढी शो दिइएको छ । यसबाट प्रष्ट हुन्छ कि बिदेशी चलचित्रले नेपाली चलचित्रले कति चेपुवामा पारेको छ ।

बर्ष ०७८ मा प्रदर्शन भएका १३ चलचित्रले नै घाटा बेहोरेको बक्स अफिसको तथ्यांक भएपनि ‘म यस्तो गीत गाउँछु २’ले सुखद ब्यापार गरेको चलचित्रका निर्देशक तथा निर्माता सुदर्शन थापा बताउनुहुन्छ । उहाँले बर्ष ०७८ समग्र नेपाली चलचित्रका लागी खराब बर्ष भएपनि बर्षको अन्ततिर प्रदर्शनमा आएको आफ्नो ‘म यस्तो गीत गाउँछु २’ चलचित्रले भने नेपाली चलचित्र क्षेत्रलाई नै केहि हदसम्म माथि उठाउन सफल भएको बताउनुहुन्छ । ‘कोरोना भाइरसले समग्र नेपाली चलचित्रलाई अप्ठ्यारोमा पा¥यो । तर हामी म यस्तो गीत गाउँछु २ भने अहिले पनि ४८ औं दिनमा प्रदर्शन भइरहेको छ । अहिले हाम्रो चलचित्र अष्टनारायण, गुण, कलंकी लगायतका चलचित्र हलमा प्रदर्शन भइरहेको छ ।’ थापाले हिमालय टाइम्ससँग भन्नुभयो । ‘बर्ष ०७८मा कोरोना भाइरसले नेपाली चलचित्रलाई अस्तब्यस्त बनाएपनि ०७९ भने सुखद होस्, हामी कामना गछौं ।’

यस्तै नेपाली चलचित्रका सफल निर्देशकको रुपमा आफूलाई परिचित गराउनु भएका निर्देशक दीपेन्द्र के खनालले ‘चिसो मान्छे’ लाई कोभिडकै कारण हलसम्म ल्याउन सक्नुभएको छैन । उहाँले कोरोना भन्दा पनि बिदेशी चलचित्रको दबदबाले थप चुनैती थपेको बताउनु भएको छ । उहाँले मिडियासँगको कुराकानीमा भन्नुभएको छ, ‘अहिले विदेशी चलचित्रको दबदबा यसरी बढ्यो कि हामीले राम्रो फिल्म बनाउने चुनौती अझ थपियो । आफ्नोपन दिने चलचित्रका लागि आफ्नो कथा खोज्न ध्यान दिनुपर्ने बेला आएको छ । दक्षिण भारतीय फिल्म हाम्रा लागि मात्रै नभई बलिउडका लागि समेत टाउको दुखाइ भइसकेको छ ।’

चलचित्रका कलाकार म्युजीक भिडियोमा

बर्ष ०७८ मा कोरोना भाइरसका कारण चलचित्र निर्माण निकै कम भए । त्यो समयमा म्युजीक भिडियोको क्षेत्र निकै ब्यस्त रह्यो । चलचित्रका कलाकार पनि म्युजीक भिडियोमै ब्यस्त रहे । यतिसम्मकी महानायकको पगरी भिर्नुभएका अभिनेता राजेश हमालदेखी युवास्टार बनेको पलशाह, आकाश श्रेष्ठ, पुष्प खड्कासम्मलाई म्युजीक भिडियोमा भ्याईनभ्याई भयो ।

अभिनेता हमालले त ०७८ बर्षमै दर्जनौं म्युजीक भिडियोमा काम गर्नुभयो । गएको बर्षमा खासै म्युजीक भिडियोमा नदेखिने हमाल पछिल्लो समय दिनहुँ जस्तो म्युजीक भिडियोको छायांकनमै ब्यस्त हुनुहुन्छ । उहाँले केहि समय अघि हिमालय टाइम्ससँगको कुराकानीको क्रममा भन्नुभएको थियो, ‘अहिले कोरोना महामारीका कारण चलचित्र नबनेको अवस्थामा म्युजीक भिडियो भएपनि दर्शकले हेर्न पाउनुपर्छ भनेरै मैले पनि भिडियोमा काम गर्न थालेको हुँ ।’

यस्तै युवास्टार पल शाहले पनि कोरोना कहर सकिएसँगै निषेधाज्ञा पनि खुकुलो भएपछि महिनामै २५ वटा सम्म म्युजीक भिडियोमा काम गर्नुभयो । प्रति भिडियो एक देखी डेढ लाख पारिश्रमिक लिने शाहका लागी ब्यावसायिक हिसाबमा सफलता मिलेपछि बर्षको अन्त्य तिर उहाका लागी भने सबैभन्दा खराब बर्ष रह्यो । अहिले अभिनेता शाह नाबालिग गायिकालाई करणी गरेको आरोपमा तनहुँ र नवलपरासी पुर्व जिल्ला अदालतले पुर्पक्षका लागी कारागारमा राखेर अनुसन्धान गरिरहेको छ ।

म्युजीक भिडियोको क्षेत्रमा तीजको समयमा लोकगीतको क्षेत्रकी लोकप्रिय गायिका बिष्णु माझिको ‘चरि जेलैमा’ गीत १२ दिनमै करोड क्लबममा प्रवेश गर्न सफल भयो भने पछिल्लो केहि महिना यता मात्रै लोकप्रिय गायक प्रकाश सपूतको गीत ‘पिर’ सातदिनभित्रै करोड क्लबमा प्रवेश गर्न सफल भयो । अन्य दर्जनौं गीतले युटयुवमा करोडौं भ्युज पाए ।

(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ)