राष्ट्रिय संगितकर्मि संघको निर्वाचन सुरु, घोरासैनी अध्यक्षमा निर्बिरोध

...

sangeet karmi sangh - 3rd adhibesanमाघ २, काठमाडौं । नेपाली कला क्षेत्रका कलाकारहरुको संघ ‘राष्ट्रिय संगितकर्मि संघ’को तेस्रो महाधिवेसन अन्तर्गत निर्वाचन प्रकृया सुरु भएको छ । शनिबार बिहान १० बजे संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्द प्रसाद पोख्रेलद्धारा उद्घाटन भई सुरु भएको उक्त कार्यक्रममा अहिले मतदान कार्य भईरहेको छ ।

sangeet karmi sangh - 3rd adhibesanभक्तपुरको मनोहरा स्थित ईन्द्राशन बैङक्वेटमा करिब ५०० बढी सदस्यले मतदान दिँदै छन् । संघको अध्यक्षमा गायक नवराज घोरासैनी निर्बिरोध चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा गायक प्रकाश कटुवाल, धन कुमारी सरु र उमा श्रेष्ठ निर्बिरोध चयन भए ।
sangeet karmi sangh - 3rd adhibesanत्यस्तै कोषाध्यक्षमा कलाकार रमेश दुलाल र सहकोषाध्यक्षमा मिलन श्रेष्ठ निर्बिरोध चयन भए भने उप महासचिवमा अमित खाती र सचिवमा चन्द्र खड्का र गाबिन्द दुलाल पनी निर्बिरोध चयन भए ।

अहिले सदस्य पदका लागी मतदान भईरहेको छ । १६ सदस्य मध्ये १० सदस्य मतदानबाट छानिने छन् ।
sangeet karmi sangh - 3rd adhibesanतस्बिरः रमेश पोख्रेल/ आर्टिस्ट खबर