उपन्यास ‘भाइरस लभ’ तिलिचो हिमालमा लोकार्पण

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

कीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ मनाङमा रहेको तिलिचो तालको उचाईमा लोकार्पण गरिएकोे छ । उपन्यास ‘भाइरस लभ’ तिलिचो तालसँगैको हिमालको पाँच हजार एकसय ६ मिटर उचाईमा लोकार्पण गरिएको हो ।

पुस्तकलाई पत्रकार कृष्ण भुसाल, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ लगायतले ५ हजार एकसय ६ मिटर उचाईमा लोकार्पण गरेका थिए । १९२ पेजको उपन्यास चालिस भाग विभाजन गरिएको छ । कार्यक्रममा सहभागी भुषाल, चन्द र अधिकारीले  उपन्यासका बारेमा आ–आफ्ना भनाइ राखेका थिए ।

यति धेरै उचाईमा उपन्यास लोकार्पण गरिएको विश्वमा यो नै पहिलो पल्ट भएको उपन्यासकार डा. उपाध्यायले जानकारी गराए शिखा बुकले प्रकाशन गरेको १९२ पेजको उपन्यासको मूल्य ३७५ राखिएको छ । डा. उपाध्यायका यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’लगायत थुपै उपन्यास र गीत सार्वजनिक भएका छन् ।

डा. उपाध्यायले गीत संगीत तथा विविध विधामान गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम केही अगाडि गरेका थिए ।