‘ए मेरो हजुर ४’ले एकसातामा ४ करोड कमायो

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

यहि बैशाख १ गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ले पहिलो सातामै ४ करोड रुपैंया माथिको आम्दानी गरेको छ । प्रदर्शनको तीन दिनमा २ करोड ४३ लाख कमाएको झरना थापा निर्देशीत यस चलचित्रले एक हप्तामा ४ करोड १ लाख ग्रस कलेक्सन गरेको छ । बिहीवार निर्माण टिमले एक पोस्टरमार्फत् चलचित्रको एकहप्ते कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो । बिहीवारबाट फिल्म दोस्रो हप्तामा प्रवेश गरेको छ ।

यो चलचित्रले बक्सअफिसमा साउथ चलचित्र ‘केजीएफ २’सँग भिडन्त गरेको थियो । लभस्टोरी जनरामा बनेको यस चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई लगायतको अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्रको कथा झरना थापा र स्वं. छेतन गुरुङले मिलेर लेख्नुभएको हो ।

‘ए मेरो हजुर ४’को आम्दानीलाई ‘केजीएफ २’ले असर भने गरेको छ । साउथको ठुलो चलचित्र ‘केजीएफ २’ कै कारण नेपाली चलचित्रलाई मल्टिप्लेक्समा उच्च शो दिइएन । त्यसैले पनि चलचित्रले अझै बढी आम्दानी गर्न सकेन ।