‘षट्कोण’ अभिनेता कर्मा भन्छन्- ‘म सिनेमामा स्टार बन्न आएको होइन’

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

यहि बैशाख २३ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र  ‘षट्कोण’मा मुख्य अभिनेताको रुपमा रहनु भएका कर्माले आफू चलचित्रमा स्टार बन्न नआएको बताउनु भएको छ । कर्माले त्यस कारण पनि आफ्नो रोजाईमा फरक किसिमका चलचित्र पर्दै आएको जानकारी दिनुभयो । बिहीबार काठमाडौंमा चलचित्रका कलाकार तथा निर्माण टिमको उपस्थितीमा आयोजना गरिएको प्रेस मिटमा कर्माले चलचित्र बिशेष धारणा राख्नुभएको हो ।

यस्तै अभिनेता कार्मले आफ्नो नामको अर्थ स्टार अर्थात् तारा भएपनि म तारा बन्नको लागि सिनेमा क्षेत्रमा आएको होइन भन्दै भन्नुहुन्छ, ‘मलाई तारा बन्नु पनि छैन । स्टार भनेको चम्किरहने हो । मैले नाम त रोजेँ त्यो बेग्लै कुरा हो । मलाई कलाकारिता गर्नु छ विशुद्ध भुईंमा बसेर । तर, स्टार बन्ने मेरो इच्छा छैन ।’

प्रेसमिटमा चलचित्रका मुख्य कलाकार कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, निर्देशक मिलन डि काप्रि र निर्माता तथा अभिनेता विराज कडरिया उपस्थिती थियो ।

कार्यक्रममा बोल्दै निर्देशक मिलनले षट्कोण युवाहरुको टिमले बनाएको साइकोलोजिकल थ्रिलर सिनेमा रहेको बताउनु भयो । हामी नेपालमा बन्ने अन्य सिनेमाभन्दा केही फरक बनाउने कोशिस गरेका छौं । मेरो सिनेमामा हिरो हिरोइनको फाइट र नाचगान छैन्, तर कथा सुहाउँदो गीत चाँही राखेको छु । त्यसैले हामीले नेपालमा केही फरक सिनेमा निर्माण गर्ने प्रयास गरेकाले सवैको साथको खाँचो रहेको उल्लेख गर्नुभयो ।

चलचित्रमा शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ ।