यसबर्षको हरितारा चलचित्र पुरस्कार घोषणा

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

हरितारा चलचित्र पुरस्कार घोषणा गरिएको छ । २०७७ सालको हरितार चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मीं अभिनेत्री मिथिला शर्मालाई अर्पण गरिने भएको छ । पुरस्कारका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा बैशाख ९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । साथै २०७८ सालको हरितारा चलचित्र पुरस्कार अग्रज रंग पत्रकार विदुर गिरीलाई अर्पण गर्ने पनि निर्णय गरेको छ ।

वि.सं. २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले आफु र आफ्ना पति हरि शम्सेरको नाममा अक्षय कोष राखी स्थापना गर्नु भएको हरितारा चलचित्र पुरस्कार चलचित्र क्षेत्र कै पहिलो पुरस्कार हो ।

वि.सं. २०७७ सालको पुरस्कार ४ दशक भन्दा बढी समय देखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृती, रंगमञ्च एवं नेपालको गौरव देश विदेशमा पु¥याउन महत्वपुर्ण योगदान गर्नु भएकाले अभिनेत्री मिथिला शर्मालाई अर्पण गर्न लागिएको हो । यसैगरी ०७८ सालको हरितारा चलचित्र पुरस्कार ३ दशक भन्दा बढी समयदेखि पत्रकारिताको माध्यमबाट नेपाली कला संस्कृती, चलचित्र क्षेत्रको प्रवद्र्धन र पेशाकर्मीको उत्थानका लागि देश विदेशमा पु¥याउनु भएको योगदानका लागि संचारकर्मी बिदुर गिरीलाई अर्पण गर्न लागिएको हो । पुरस्कारको थैली जनही पच्चिस पच्चिसहजार रहेको छ ।

यसैगरी बैशाख ९ गते बसेको परिवर्तन नेपालको बैठकले वि.सं. २०७७ र २०७८ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अभिनेता विनोद श्रेष्ठ र वरिष्ठ प्राविधिक मनोज के.सी.लाई अर्पण गर्ने निर्णय गरेको छ । श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कारको थैली जनही दश दश हजार रहेको छ । परिवर्तन नेपालको सोही वैठकले चलचित्र क्षेत्रमा विशेष योगदान पु¥याउनु भएका निर्देशक मदन घिमिरे, निर्माता÷निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेता श्रीदेव भट्टराई, लेखक÷ निर्माता मौनता श्रेष्ठ, अभिनेता राज कुमार शाहलाई परिवर्तन नेपाल विशेष सम्मान अर्पण गर्ने र प्रारम्भका दिनमा परिवर्तन नेपालसँग आवद्ध भई आ–आफ्नो क्षेत्रमा योगदान पु¥याउनु भएका चरित्र अभिनेत्री शारदा गिरी (काली बुढी),निर्देशक जनक खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, मोडल दिपाशा वि.सी., खेलाडी÷कलाकार नन्दा बस्याल, रंगकर्मी मन्जु निरौला, रंगकर्मी रजनी अर्याल, रंगकर्मी रेणु पौडेललाई परिवर्तन सम्मान अर्पण गर्ने निर्णय गरेको छ ।

बैशाख १० गते बसेको परिवर्तन नेपालको बैठकले गीतकार÷लेखक÷निर्देशक तथा सस्कृतिकविद स्वः चेतन कार्कीको स्मृतिमा पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । स्थापना वर्षको पुरस्कार लेखक निर्देशक अभिनेता देशभक्त खनाललाई अर्पण गर्ने निर्णय गरेको छ । सोही बैठकले परिवर्तन पत्रकारिता विशेष सम्मान संचारकर्मी दिनेश सिटौलालाई अर्पण गर्ने निर्णय गरेको छ ।

तिनवटै पुरस्कार र सम्मान जेठको दोश्रो हप्ता एउटा विशेष समारोहको आयोजना गरि अर्पण गरिनेछ ।