आजबाट ‘मन्त्र’ हलमा, प्रिमियरमा तारिफ

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

आज (शुक्रबार)बाट नयाँ नेपाली चलचित्र ‘मन्त्र’ प्रदर्शनमा आएको छ । कलाकार सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन लगायतको मुख्य अभिनय रहेको ‘मन्त्र’ आजबाट देशभरीका दर्जनौं हलमा एकसाथ प्रदर्शनमा आएको हो ।

साथै चलचित्रको बुधबार साँझ गरिएको ‘ग्राण्ड प्रिमियर’मा सकारात्मक प्रतिक्रिया पाएको छ । राजधानीको बिग मुभिजमा गरिएको प्रिमियरमा चलचित्र हेरिसकेपछि चलचित्रकर्मी तथा केहि राजनितिज्ञले अर्गानिक चलचित्र भएको भन्दै सबैलाई हेर्न आग्रह गर्नुभएको थियो ।

प्रिमियरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पनि उपस्थिती थियो । उहाँले चलचित्र हेरिसकेपछि उहाँले चलचित्रको बिषयवस्तुको प्रसंशा गर्नुभयो । साथै एकपटक सबैलाई यो चलचित्र हेर्न उहाँले आग्रह गर्नुभयो ।   यस्तै चलचित्र हेर्नका लागी अभिनेता दीपकराज गिरी, अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला, अभिनेता एवं निर्देशक निश्चल बस्नेत, अभिनेता विपिन कार्की, कलाकार एवं निर्देशक नरेश पौड्याल, गायक युवराज चौलागाईँ, मोडल निराजन प्रधान लगायतको उपस्थिति थियो ।

करिब ५१०० मिटरभन्दा माथिको उचाईमा रहेको मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायाँकन गरिएको चलचित्रलाई हिमाली प्रेमकथा भनिएको छ । ‘मन्त्र’ हेरिसकेपछि अभिनेता दीपकाराजले सिनेमाको छायाँकनस्थलले सबैभन्दा बढी लोभ्याउने बताउनु भयो । ‘सिनेमा जुन ठाउँमा छायाँकन गरिएको छ, त्यो छायाँकनस्थलले सबैभन्दा बढी लोभ्याउँछ । सिनेमामा हामी हिमाललाई क्लोजसँग हेर्न पाउँछौं’ अभिनेता दीपकराजले भन्नुभयो, ‘अर्को ब्याकग्राउण्डस्कोर सबैभन्दा बढी बुलन्द छ सिनेमाको ।’ उहाले ‘मन्त्र’फरक खालको लभस्टोरी सिनेमा लागेको बताउँदै चलचित्रमा बोनसका रुपमा कमेडीसँगै हिमालका दृश्यहरु, ब्याकग्राउण्डस्टोर रहेको प्रतिक्रिया दिनुभयो ।

अभिनेता एवं निर्देशक निश्चल बस्नेतले सिनेमा रमाईलो लागेको बताउनुभयो । उहाले कुनै भेगको आफ्नै कथालाई सिनेमामा रमाईलो तरिकाले प्रस्तुत गरिएको बताउनुभयो । निर्देशक तथा कलाकार नरेश पौड्याल, गायक युवराज चौलागाईँ लगायतले सिनेमा मनपरेको प्रतिक्रिया दिनुभएको थियो । प्रिमियरमा अभिनेता बुद्धि तामाङ छायाँकनमा भएका कारण उपस्थित हुन् सक्नुभएन भने अभिनेत्री दीया पुन सगरमाथा आरोहणका क्रममा रहेकाले उपस्थित हुनुभएन । अभिनेता सौगात मल्ल भने प्रिमियरमा उपस्थित हुनुहुन्थ्यो ।

खिलबहादुर गुरुङको निर्देशनमा तयार भएको सिनेमा ‘मन्त्र’मा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामा लगायतको पनि अभिनय रहेको छ ।

सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुनुहुन्छ । परिक्षेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सञ्जय लामाको छायांकन एवं मित्र डि.गुरुङको सम्पादन छ ।

आजबाट अन्य तीन बिदेशी चलचित्र पनि प्रदर्शनमा आएका छन् । ‘हिरोपन्टी २’, ‘रनवे ३४’ र ‘द ब्याड गाईज’ प्रदर्शनमा आएका छन् । मन्त्रलाई क्युएफएक्स चेनका ९ हलले एक,एक शो गरी जम्मा ९ वटा शोज दिएका छन् भने अन्य शोज बिदेशी चलचित्रले पाएका छन् ।