‘आँधि तुफान २’ले तोक्यो प्रदर्शन मिति

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

अहिले नेपाली चलचित्रले गति लिन थालेपछि निर्माण भएर बसेका चलचित्र प्रदर्शन हुने थालेका छन् । साथै तयारी अवस्थामा रहेका चलचित्रहरु प्रदर्शन मिति तय गरिरहेका छन् । यसैबिच कोरोना महामारीका बिच पनि निर्माण भएको नयाँ नेपाली चलचित्र ‘आँधि तुफान २’ले पनि प्रदर्शन मिति तोकेको छ ।

चलचित्रको निर्माण टिमले पोस्टरसहित रिलिज मिति घोषणा गरेको हो । चलचित्र आगामी साउन २० गतेबाट प्रदर्शन हुने जानाइएको छ । साथै सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकारलाई स्थान दिइएको छ ।

सस्पेन्स थ्रिलर चलचित्रलाई व्यावसायीक रुपमा निर्माण गरिएको निर्माण टिमले जानकारी दिएको छ । लेडिज एक्शन सिनेमाले नारी शक्तिको काथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताउनु भएको छ । २०६३ सालमा निर्माण भएको सुपरहिट सिनेमा आँधि तुफानको सिक्वेललाई यस पटक मदन घिमिरेले निर्देशन गर्नुभएको छ ।

ओम साई भक्त मुभि प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रमा रवी गिरी, पुस्कर राउत, संचीत भण्डारी, आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अची श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय रहेको छ ।

चलचित्रमा सफल लेखक मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद, रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्धन्द्व निर्देशन, सुवानी मोक्तान, विनुसा राई र अर्चन लिम्बुको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ ।