चुम भ्याली चिनाउने दुई पुस्तक सार्बजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">उत्तरी गोरखाको पवित्र भूमि चुम भ्यालीको संस्कृति, इतिहास र बौद्ध गुरूहरूको चिनारी दिने दुई वटा पुस्तक ‘इतिहास र संस्कृति’ र ‘जीवनी सार्वजनिक गरिएको छ ।</p><p style="text-align: justify; ">चुम अनुसन्धान समूहले संकलन एवं सम्पादन गरेका पुस्तकहरू काठमाडौंमा सोमबार आयोजना गरिएको कार्यक्रममा लोकापर्ण गरिएको हो । बौद्ध गुरुहरू सेराप तेन्दार रिन्पोछे र खेन्पो कल्साङलगायतले चक्रपथस्थित होटल साम्बलामा लोकापर्ण गर्नुभएको हो ।&nbsp;</p><p style="text-align: justify; ">समूहका अभियन्ता खेन्पो तेन्जिङ ल्हुण्डुप लामाकाअनुसार छरिएर रहेका दस्तावेजहरू संकलन र सम्पादन गरि पुस्तकका रुपमा प्रकाशन गरिएको हो । समूहले ‘टासी पाल्साङ’ शृंखलाअन्तर्गत दुई वर्ष अघिदेखि यस्ता महत्वपूर्ण पुस्तकहरू प्रकाशन गर्दै आएको छ।</p><p style="text-align: justify; ">भोटे भाषामा प्रकाशित पुस्तकलाई भविश्यमा नेपाली र अंग्रेजीमा समेत प्रकाशन गर्ने योजना छ ।</p>