‘षट्कोण’ सेन्सर पास, आगामी शुक्रबारबाट रिलिज हुँदै

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">आउँदो शुक्रबार (बैशाख २३) गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘षट्कोण’ सेन्सर पास भएको छ । सोमबाट सेन्सर बोर्डले सिनेमालाई पिजी सर्टिफिकेट दिएको छ । अब चलघचत्र हेर्न चाहने १६ बर्षभन्दा मुनिका दर्शकले अभिभावक साथमा लिएर हल जानु पर्नेछ । चलचित्रलाई मिलन डि काप्रिले निर्देशन गरेका हुन् ।</p><p style="text-align: justify; ">क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मं्को ब्यानरमा निर्माण भएको चलचित्रमा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रमा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ ।</p>