कलाकार भुवन, श्वेता र रवीन्द्र नेपाली कांग्रेसमा प्रवेश

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपाली कला क्षेत्रका लोकप्रिय तीन कलाकार अभिनेता भुवन केसी, नायिका श्वेता खड्का, अभिनेता तथा चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।</p><p style="text-align: justify; ">मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् । अभिनेता भुवन केसी यसअघि काठमाडौं महानगरको मेयरमा उठ्ने चर्चा चलेको थियो । उनलाई स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टीले मेयरमा उठाउने घोषणा गरेको थियो । तर पछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले उम्मेदवारी नदिने घोषणा गरेका थिए । यसअघि उनी नेकपा एमालेमा आबद्ध थिए ।</p>