गीतकार सङ्घद्धारा यसबर्षको ‘राष्ट्रिय स्रष्टा सम्मान’ घोषणा

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

गीतकार सङ्घ नेपालले यसबर्षका लागी ‘राष्ट्रिय स्रष्टा सम्मान’मा सम्मानीत हुने स्रष्टाहरुको नाम सार्वजनिक गरेको छ । स्रष्टा सर्जकको उत्साह तथा क्रियाशील र सम्मानको लागि संघले हरेक वर्ष ‘राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गर्दै आएको छ ।

सङ्घले यस वर्षको ‘अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान २०७८’ नेपाली गीत लेखनमा निरन्तर साधनारत झापा विर्तामोड निवासी अग्रज गीतकार शिवशंकर थापालाई प्रदान गरिने जनाएको छ । थापालाई १, लाख ५१ हजार रुपैंया नगद सहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने जनाइएको छ ।

यस्तै ‘डायस्पोरा गीतकार सम्मान’ विदेशमा बसी नेपाली गीत लेखनमा योगदान पु¥याए बापत अमेरीकाको न्यूयोर्कमा बसोवास गर्ने गीतकार  गीता खत्रीलाई प्रदान गरिनेछ । उहाँलाई १५ हजार रुपैंया नगद सहित प्रमाण पत्र प्रदान गरिने छ ।

यस्तै गत वर्षबाट शुरु गरिएको ‘बिष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान –२०७८’ बाट तामाङ्ग भाषाका लागि रामेछाप निवासी गीतकार प्राज्ञ मान बहादुर दोङ्ग तामाङ्गलाई प्रदान गरिदैछ । उहाँलाई २५ हजार २ सय ५२ रुपैयाँ नगद सहित प्रमाण पत्र प्रदान गरिनेछ । यस्तै संस्थामा आवद्ध सदस्यहरुले २०७८ मा सार्वजनिक गरेका र संस्थामा विधिवत दर्ता  हुन आएका गीतहरु मध्येबाट ‘वर्ष गीत पुरस्कार २०७८’ प्रयोजनका लागि उत्कृष्ट १० गीतहरु छनोट गरिएको छ ।

वर्षगीत पुुस्तक २०७८ का लागी विरेन्द्र राईको ‘रैछाकुले म’, टिका भट्टाराई नेपालको ‘मनका रंगहरु’ र विजय कट्टेल ‘छहरा’ को ‘देशकै माया लाग्छ’ छनोट भएका छन् । छानिएका उत्कृष्ट १० गीतहरु र ३ पुस्तकहरु मध्येबाट विशेष समितिले चयन गर्ने एक–एक सर्वोत्कृष्ट गीतलाई कार्यक्रम स्थलमा नै घोषणा गरि प्रत्येकलाई ५७ हजार रुपैया  नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने संङघका महासचिव रमेश कोइरालाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।