गोपिकृष्ण चापागाईं/ बैशाख, काठमाडौं ।

आज भन्दा ५० बर्ष अघिको कुरा हो । हेयर स्टाइलिस्ट नारायण नापितले २०२८ सालमा डिल्लीबजारमा कपाल काट्ने पल खोल्नुभएको थियो । त्यो समयमा उहाँलाई लागेको थिएन कि आज यो स्थानमा पुग्छु । कपाल कटाउने साधारण पसल खोल्नुभएका नाराणले आज हजारौ साधारण देखी उच्चपदस्थ ब्यक्तिहरुको कपाल काटिसक्नुभएको छ ।

उहाँले कपाल काटेको ५० बर्ष पुग्दा स्वर्गिय राजा वीरेन्द्रले आफूबाट लिएको सेवाबारे यसरी सम्झिनुहुन्छ । ‘एक पटक शितल निवासमा कार्यक्रम थियो । राजाका सचिवले कपाल काट्नका लागि बोलाउनुभयो । मैले सुरुमा दर्शन गरें । त्यसपछि कपाल काटें ।’ नारायणले आफूलाई भाग्यमानि सम्झिदै भन्नुभयो, ‘वीरेन्द्र सरकार हा“सिबक्सियो । राम्रो छ भनिबक्स्यो ।’

स्वर्गिय राजा वीरेन्द्रदेखी मन्त्री, प्रधानमन्त्रीसम्मको कपाल काट्दा अझैपनि उहाँलाई यो काममा थकान महसुस भएको छैन । उहाँले अझै १० बर्ष कपाल काटेरै बस्न मन भएको बताउनुभयो । नारायणले यहि बैशाख १० गते (०७९) कपाल काटेको पचास बर्ष पुगेको अवसरमा विशेष कार्यक्रमको आयोजना पनि गर्नुभयो । बौद्धस्थित राष्ट्रिय केश कर्तनालयमा एक भब्य कार्यक्रमको आयोजना गर्नुभएको थियो ।

‘‘राजा वीरेन्द्रका सचिवले कपाल काट्नका लागि बोलाउनुभयो । मैले सुरुमा दर्शन गरें । त्यसपछि कपाल काटें ।’’— नारायण नापित

काठमाडौ“को चावहिलमा २०१४ सालमा जन्मिनु भएका नारायण नापितले १४ वर्षकै उमेरबाट कै“ची समाउन थाल्नुभएको हो । उहाका पिता स्व.गणेशलाल र बाजेले कपाल काट्ने पेशा पहिले नै अंगालिसक्नुभएको थियो । बाबु, बाजेले तत्कालिन समयमा राणा, राजा, महाराजाहरुको कपाल काट्ने काम गर्नुहुन्थ्यो । त्यसैले पनि उहाँलाई यो काम गर्न सजिलो भयो ।

अहिलेसम्म नारायणले प्रधानमन्त्री शेरबहादुर देउबा, चर्चित गायक कुमार सानु, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, राजनीतिज्ञ हिसिला यमी, पूर्व मन्त्री मिनेन्द्र रिजाल, मंगोलियाका वाणिज्य दूत छेटेन घिर्मेला श्रेष्ठ, बाग्मति प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा लगायत हजारौं व्यक्तिहरुको सेवा गरिसक्नुभएको छ । स्वदेशी मात्र होईन नारायणकै हातले कैयौं विदेशीहरुको पनि कपाल डिजाइन गरिसक्नुभएको छ । उहा मसाज ट्रिटमेन्ट विज्ञ पनि हुनुहुन्छ ।

कार्यक्रममा उपस्थित ब्युटि एशोसियसन नेपालकि पूर्व अध्यक्ष तथा वरिष्ठ व्युटिसियन डाक्टर राज्य लक्ष्मी श्री श्रेष्ठले नारायणको कामको तारिफ गर्नुभयो । उहाँले भन्नुभयो, ‘नारायण अनुभवि र सीप भएको व्यक्ति हुनुहुुन्छ । वाल्यकालदेखी नै यही पेशामा समर्पित उहा“को हातमा जादु नै छ ।’ सूरुवाती दिनहरुमा ५० पैसाबाट कपाल काट्न थाल्नु भएका नारायणले दाह्री काटेको दस पैसा मात्र लिनुहुन्थ्यो । यसले राम्रो कपाल काट्छ भन्ने प्रशंसा गर्दै ५ पैसा टिप्स पनि पाएको सम्झिनुहुन्छ । अहिले भने उहाले कपाल काटेको दुई सय र दारी काटेको एक सय रुपंैया“ लिनुहुन्छ । कतिले कपाल कटाउ“न सुरुमा नाम टिपाउ“थे । पालो पाउन पनि निकै समय कुर्नुपथ्र्यो । जेन्ट्स र लेडिज पार्लर भएकाले दुईटैका लागि कपाल मसाज, फेसियल लगायतका सेवा सुबिधा प्रदान गर्दै आउनु भएको छ ।

काठमाडौ“मा नापितहरुले कपाल काट्ने पेशा अंगाल्दै आएका थिए । राजधानीमा कपाल काट्ने पेशामा नापितहरुको बाहुल्यता थियो । बिस्तारै धेरैले यो पेशा छोडे । ‘अपवादमा नारायणले भने यो पेशालाई निरन्तरता दिए । बाबु बाजेले सुरु गरेको कामलाई मैले निरन्तरता दिए“ ।’ नारायणले भन्नुभयो । ‘अब मेरा सन्तानहरुले पनि यसलाई निरन्तरता दिनेछन् ।’

नारायण राष्ट्रिय युवा सेवा कोषद्वारा आयोजित अधिराज्यव्यापि खुल्ला कपाल काट्ने प्रतियोगितामा प्रथम हुनुभएको थियो । यस्तै नेपाल नाई टे«ड युनियन, महिला शसक्तिकरण विकास केन्द्र, स्वप्निल व्युटि क्लिनिक, नेपाल नापित समाज, निलडेविड्स सैलुन एण्ड एकेडिमी, चेज स्किन केयर इन्सिट्च्युट् लगायतका बिभिन्न संघ, संस्थाले सम्मान तथा अवार्ड प्रदान गरेका छन् । राष्ट्रिय सीप परिक्षण समिति सिटिइभिटिबाट कपाल काट्नेहरुको मूल्यांकनकर्ता पनि रहिसक्नुभएको छ । सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद दशक तथा आठौं सामाजिक सेवा दिवसको अवसरमा राष्ट्रिय सेवा कोषद्वारा आयोजित अधिराज्यव्यापी कपाल काट्ने खुल्ला प्रतियोगिता २०४४ मा उनले प्रथम स्थान हात पारिसक्नुभएको थियो ।

(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)