‘लाइफ इन एलए’को ‘उदाएर आयो तिमी’ गीत सार्वजनिक

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

आगामी जेठ ६ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको सुर्य एन श्रेष्ठ निर्देशित चलचित्र ‘लाइफ इन एलए’मा समावेश 'उदाएर आयौ तिमी' बोलको गीत सार्वजनिक गरिएको छ ।

गीतमा चलचित्रका मुख्य कलाकार ब्यास बिस्शु र अकेशा बिष्टलाई फिचर्ड गरिएको छ । प्रविसा अधिकारी र प्रताप दासको स्वर रहेको गीतमा प्रतिक पौडेलको संगीत छ । सिनेमाको गीत रिलिज कार्यक्रममा शिल्पा मास्के, निलम चन्द, लोकन्द्र लेखक एसोसियट निर्देशक दीपक वली लगायतको उपस्थिति रहेको थियो ।

त्रिकोणात्मक प्रेमकथा ‘लाइफ इन एलए’मा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, निलम चन्द, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । चलचित्रमामा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास, प्रविसा अधिकारी र कविता श्रेष्ठ स्वर छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमालाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली एसोसियट निर्देशक रहेको सिनेमाका प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुन् । चलचित्रको अमेरिका पार्टको छायांकन क्रिस वारेन र एडवर्ड युकेन गरेका हुन्, भने नेपालको पार्ट बाबु श्रेष्ठले खिचेका हुन् ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको चलचित्रमा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । अमेरिकाको विभिन्न राज्यमा प्रदर्शन भैसकेको चलचित्रलाई दर्शकले निकै रुचाएले नेपाली दर्शकबाट पनि राम्रो साथ पाउने विश्वास निर्माण टिमले राखेको छ ।