रनबीर सिंहको ‘जयशभाई जोडदार’ नेपालमा पनि रिलिज हुने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउड अभिनेता रनबीर सिंह अभिनित चलचित्र ‘जयशभाई जोडदार’ नेपालमा पनि रिलिज हुने भएको छ । स्थानिय तहको निवार्चनका कारण चलचित्र हल बन्द हुने भएपछि चलचित्र शनिबारबाट मात्रै नेपाल रिलिजको तयारी भैरहेको वितरक सुनिल मानन्धरले बताए ।</p><p style="text-align: justify; ">स्थानिय निवार्चनको चटारो र कोरोना महामारीपछि बलिउड चलचित्रले नेपालमा राम्रो व्यापार नगरी रहेको बेला चलचित्रको कन्टेन्ट र रनबीरको नेपाल फ्यान फोलोइङ्ग पनि राम्रो रहेकाले रिलिज गर्न लागेको वितरक मानन्धरले बताएका छन् । आगामी दिनमा यशराज फिल्मस्को व्यानरमा निर्माण भएका चलचित्र आफुले नै रिलिज गर्न लागेको उनको भनाई छ ।</p><p style="text-align: justify; ">अनि चलचित्रका मुख्य अभिनेता रनबीर सिंहले पनि एक भिडियो जारी गर्दै नेपाली दर्शकलाई सिनेमा हेर्न आग्रह गरेका छन् । दिव्यांग ठक्करको लेखन तथा निर्देशन रहेको चलचित्रमा शालिनी पाण्डे, बोमन इरानी, रत्ना पाठक शाह लगायतका कलाकारको अभिनय रहेको छ ।</p>