नेपाल आउन ज्याकलिनले मागिन् अदालतसँग स्वीकृति

मुम्बई (एजेन्सी)

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले नेपाललगायत अन्य केही देशमा जान अदालतसँग स्वीकृति मागेकी छिन् । उनले हालै दिल्ली अदालतमा नेपाल, आबुधाबी र फ्रान्स यात्रामा जान अनुमतिका लागि दिल्ली अदालतमा निवेदन पेश गरेको नवभारत टाइम्सले जनाएको छ ।

दुई सय करोडको मनी लन्ड्रिङ मुद्दामा फस्नु भएकी उनको गत साता मात्रै प्रवर्तन निर्देशालय (ईडी) ले उनको करिब सात करोड सम्पत्ति जफत गरेको थियो । यही, मुद्दाकै कारण ईडीले उहाविरुद्ध लुक आउट सर्कुलर जारी गरेको छ, जसअन्तर्गत उनलाई अहिले देश छोडेर जान प्रतिबन्ध लगाएको छ ।

यसै सम्बन्धमा उनले दिल्ली अदालतमा निवेदन दिनु भएको हो । उनले नेपालमा यही जेठ १४ (मे २८) मा हुन लागेको ‘दबंग टुर रिलोडेड’ मा सहभागी हुन, आबुधाबीमा हुने आईफा अवार्डमा सहभागी हुन र फ्रान्स यात्रा गरी करिब १५ दिनको विदेश भ्रमणमा जान पाऊँ भन्दै निवेदन पेस गर्नुभएको हो ।

यही, प्रतिबन्धका कारण गत वर्ष दुबईमा भएको ‘दबंग टुर रिलोडेड’ मा पनि उनी जान पाएकी थिइनन् । उनलाई मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलको सेक्युरिटीले रोकेर फिर्ता पठाएको थियो । सोही दिनदेखि उनलाई मुम्बई छोडेर जान रोक लगाइएको छ ।

स्रोतका अनुसार अदालतबाट यसबारेको निर्णय २० तारिखमा सुनाउनेछ । त्यही निर्णयको आधारमा उहा नेपाल आउने नआउने पक्का हुन्छ ।