‘२ नम्बरी’को छायांकन सकियो

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

नयाँ नेपाली चलचित्र ‘२ नम्बरी’को छायांकन सकिएको छ । कास्कीको ल्वाङ गाउँमा चलचित्रको एउटा गीतको छायांकन सँगै छायाकन सकिएको हो । उक्त गीत चलचित्रमा समावेश भएको अन्तिम गीत हो ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको यो चलचित्र २६ दिनमा सम्पूर्ण छायांकन सम्पन्न भएको हो । सम्पन्न भएसँगै निर्देशक लामाले सामाजिक सञ्जालमा लेख्नुभएको छ,, ‘कास्कीको ल्वाङ गाउँमा मेरो चौथो फिल्म ‘२ नम्बरी’ को एउटा गीतसहित सम्पूर्ण छायांकन कार्य २६ दिनमा सम्पन्न भएको छ । फिल्मका कलाकार, प्राविधिक, निर्माण तथा गाउँलेहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

चलचित्रमा अभिनेता सौगात मल्ल, दयाहाङ राई, भुटानी अभिनेत्री उगेन छोदेन, र उपासनासिंह ठकुरीको मुख्य भूमिका रहेको छ ।  चलचित्रको रिलिज मिति कात्तिक ४ गते तोकिएको छ ।