राजेश हमालले दिए मतदान, भने,‘भोट दिएपछि जनप्रतिनिधिलाई खबरदारी गरौं‘

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

आज देशैभरी यतिखेर स्थानिय तहको निर्वाचन भइरहेको छ । यसैबिच महानायक राजेश हमालले पनि आफ्नो अमुल्य भोट दिएका छन् ।  उनले काठमाडौंको लैनचौरस्थित कन्या हाईस्कुलको केन्द्रबाट मतदान गरेका हुन् । बिहान मतदाताको लाइनमै लागेर उनले आफ्नो मत दिएपछि आफ्नो भनाई राखेका छन् । भोट हाल्न कतिबेर लाग्यो भन्ने प्रश्नमा राजेश हमालले एकछिन मतपत्र अध्ययन गरेर मात्र भोट दिएको बताए ।

यस्तै राजेश हमालले यस स्थानिय तहको निर्वाचनमा आफू उत्साहित रहेको बताए ।  साथै हमालले आगामी ५ बर्ष पछिको निर्वाचनमा राजनितिमा आउन पनि सकिने भनाई राखेका छन् । आगामी पाँचबर्ष पछि को राजनितिमा आउनुहुन्छ कि नाई ? भन्ने प्रश्नमा भन्छन्, ‘भविष्यवाणी त म के गरौं ? तर सकिंदैन भन्न पनि सकिंदैन ।’

यस्तै हमालले अघि भने, ‘जनमानसलाई यो भन्न चाहन्छु कि, हामीले मतदान गरेर आफ्नो कर्तव्य पूरा गरिसकेपछि जनप्रतिनिधिले सही काम गरे वा गरेनन् भनेर हरदम खबरदारी गरिरहनुपर्नेछ । औंला ठड्याइरहनुपर्नेछ । जनसमुदायको सहभागिता अनन्त कालसम्म जारी रहनेछ ।’