हरिवंशले भोट दिएपछि लेखे, ‘मैले त मतदान गरें, तपाईंले गर्नुभयो ?’

आर्टिष्ट खबर/ बैशाख, काठमडौं ।

हास्य अभिनेता हरिवंश आचार्यले आज जारी स्थानीय तहको निर्वाचनमा भोट दिएका छन् । उनले आफूले मतदान गरेको तस्वीर फेसबुकबाट सेयर गर्दै लेखेका छन्, ‘मैले त मतदान गरें, तपाईंले गर्नुभयो ?’

आज देशभरमा कूल १० हजार ७५६ मतदानस्थल, २१ हजार ९५५ मतदान केन्द्र, ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् ।

निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुखरउपप्रमख, अध्यक्षरउपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार २२१ जना निर्वाचित हुनेछन् ।

६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एकरएक जना अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडामा वडाध्यक्ष, सोही सङ्ख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचनमा १८ वर्ष उमेर पूरा भएका बालिक मतदाताले मतदानको अवसर पाएका छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्नन ५ बजे सम्म चल्ने छ ।